घरजग्गा कारोबार : कुन महिनामा कति उठ्यो राजस्व ?
काठमाडौँ । घरजग्गा कारोबारबाट गत असार महिनामा मात्रै रु ११ अर्ब ९४ करोड ८९ लाख ७४ हजार ४५४ बराबर राजस्व सङ्कलन भएको छ ।
देशभरको कारोबारको विवरण राख्ने भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार आर्थिक वर्ष २०८२/८३ मा सबैभन्दा बढी राजस्व सङ्कलनसमेत गत असार महिनामा नै भएको हो ।
विभागले वर्षभरको राजस्व सङ्कलनको विवरण उपलब्ध गराएको छ । विवरणअनुसार गत वैशाखमा रु छ अर्ब २६ करोड ३८ लाख २९ हजार ८७३ बराबर राजस्व सङ्कलन भएको थियो । यो उक्त आवको दोस्रो धेरै राजस्व सङ्कलन हो ।
विभागका अनुसार २०८२ साउनमा रु तीन अर्ब २८ करोड ९१ लाख ३८ हजार २४२ बराबर राजस्व सङ्कलन भएको थियो । भदौमा केही घटेर रु तीन अर्ब १४ करोड सात लाख १६ हजार ३३५ बराबरमात्रै प्राप्त भएको थियो ।
यस्तै, असोज र कात्तिकमा भने न्यून मात्रामा राजस्व प्राप्त भएको थियो । असोजमा रु दुई अर्ब ७५ करोड ८५ लाख ५७ हजार ९२७ र कात्तिकमा रु दुई अर्ब ७४ करोड ५१ लाख ७२ हजार १९९ बराबरको रकम सरकारको खातामा जम्मा भएको थियो ।
गत मङ्सिरमा रु चार अर्ब ८४ करोड ८१ लाख ५४ हजार ८३२, पुसमा रु पाँच अर्ब १७ करोड ३२ लाख १४ हजार २२२ बराबर राजस्व सङ्कलन भएको थियो । माघमा रु पाँच अर्ब ९९ लाख २४ हजार ५३६ र फागुनमा रु चार अर्ब १४ करोड ९५ लाख ४८ हजार ९३२ रकम घरजग्गा कारोबारबाट प्राप्त भएको थियो ।
त्यसैगरी, गत चैतमा रु छ अर्ब १६ करोड ५७ लाख ५० हजार ११७, वैशाखमा रु छ अर्ब २६ करोड ३८ लाख २९ हजार ८७३ र जेठमा रु पाँच अर्ब २४ करोड ४२ लाख ५१ हजार १०१ बराबरको रकम सरकारको खातामा जम्मा भएको थियो ।
गत असारमा भने कारोबारमा उल्लेख्य सुधार भएपछि राजस्व सङ्कलनमा पनि वृद्धि भएको थियो । साउन १ गतेदेखि घरजग्गा कारोबारमा लाग्ने पुँजीगत लाभकर बढ्ने व्यवस्था बजेटमा नै भएपछि कारोबारमा वृद्धि भएको अनुमान गरिएको छ । सोही कारण गत असारमा रु ११ अर्ब ९४ करोड ८९ लाख ७४ हजार ४५४ राजस्व सङ्कलन भएको विभागको विवरणमा समावेश छ । कारोनाकाल र गोरखा भूकम्पपछि घरजग्गा कारोबारबाट गत असारमा सबैभन्दा बढी राजस्व सङ्कलन भएको बताइन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यी हुन् मिर्गौला क्यान्सरका संकेत
-
पक्षपातको आरोपबारे अर्जेन्टिनी मिडफिल्डर भन्छन्, ‘हाम्रो मुस्कानले उनीहरूलाई बिझाउँछ’
-
राजधानीको कीर्तिपुरमा कारमा एक्कासि आगो लाग्यो, चालकको मृत्यु
-
रक्षा आपूर्ति शृङ्खला मजबुत बनाउन ट्रम्पको नयाँ आदेश, घरेलु उत्पादनमा जोड
-
आगामी दुई दिन भारी वर्षाको सम्भावना छैन: मौसम विभाग
-
ज्येष्ठ नागरिकका लागि छुट्टै अन्तर्राष्ट्रिय महासन्धि बनाउँदै संयुक्त राष्ट्रसंघ, नेपाली मुद्दा समेट्न दबाब
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण