बागमती प्रदेशमा अत्यावश्यक बाहेकका यातायातसम्बन्धी सेवाहरू एक हप्ताका लागि स्थगित
सारांश
- बागमती प्रदेशको उद्योग, पर्यटन, श्रम तथा यातायात मन्त्रालयले अत्यावश्यक बाहेकका यातायात सेवाहरू स्थगित गरेको छ ।
- यातायात प्रणालीमा प्राविधिक सुधार र कर परिमार्जनका लागि डेटाबेस माइग्रेसनको काम भइरहेकोले सेवाहरू स्थगित गरिएको हो ।
- यी प्राविधिक कार्यहरू सम्पन्न हुन करिब एक हप्ता लाग्ने अनुमान गरिएको छ ।
काठमाडौँ । बागमती प्रदेश सरकारको उद्योग, पर्यटन, श्रम तथा यातायात मन्त्रालयले अति आवश्यक बाहेकका यातायात सम्बन्धी सेवाहरू तत्कालका लागि स्थगित गरेको छ ।
मन्त्रालयले एक सूचना जारी गर्दै यातायात क्षेत्रसँग सम्बन्धित प्रणालीहरूमा प्राविधिक सुधार तथा कर परिमार्जनको कार्य भइरहेकाले सेवा स्थगित गरिएको जनाएको हो ।
यातायात व्यवस्था विभाग, मीनभवनको साउन ४ गतेको सार्वजनिक अनुरोधको सूचना बमोजिम यातायात क्षेत्रका विभिन्न प्रणालीहरूलाई थप व्यवस्थित र सेवाग्राहीमैत्री बनाउनका लागि ‘डाटाबेस माइग्रेसन’ कार्य भइरहेको मन्त्रालयले उल्लेख गरेको छ । यसका साथै प्रदेश सरकारद्वारा तोकिएका नयाँ करका दररेटहरू प्रणालीमा प्रविष्टि तथा मिलान गर्ने कार्य समेत जारी रहेको छ ।
मन्त्रालयका अनुसार यी प्राविधिक कार्यहरू पूर्ण रूपमा सम्पन्न हुन करिब एक हप्ताको समय लाग्ने अनुमान गरिएको छ । सोही कारण, अति आवश्यक सेवाहरू बाहेकका अन्य सम्पूर्ण यातायात सम्बन्धी सेवाहरू अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको मन्त्रालयद्वारा जारी सूचनामा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
-
अनुहारमा दही लगाउँदा के हुन्छ ?
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण