३ प्रतिशत समता कर खारेज गर्ने सरकारको निर्णय सकारात्मक: गगन थापा
मङ्गलबार, ०५ साउन २०८३, १७ : १०
२
सारांश
- नेपाली कांग्रेसले निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको समता कर खारेज गर्ने सरकारको निर्णय सकारात्मक भएको टिप्पणी गरेको छ ।
- कांग्रेस सभापति गगन कुमार थापाले सरकारको उक्त निर्णयले सर्वसाधारणलाई राहत पुराउने विश्वास व्यक्त गरे ।
- उनले निजी सेवा उपयोग गर्नेहरूसँग कर उठाएर अन्य वर्गलाई मद्दत गर्ने सोच सुरुदेखि नै व्यावहारिक र सही नभएको कांग्रेसले भन्दै आएको धारणा राखे ।
काठमाडौँ । नेपाली कांग्रेसले निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको समता कर खारेज गर्ने सरकारको निर्णयको सकारात्मक भएको टिप्पणी गरेको छ ।
मंगलबार काठमाडौँमा आयोजित एक कार्यक्रमपछि सञ्चारकर्मीसँग कुरा गर्दै कांग्रेस सभापति गगन कुमार थापाले सरकारले समता कर खारेज गर्ने निर्णय गर्नु सकारात्मक र उपयुक्त कदम भएको बताएका हुन् । उनले सरकारको उक्त निर्णयले सर्वसाधारणलाई राहत पुराउने विश्वास व्यक्त गरे । सभापति थापाले नेपालको वर्तमान शिक्षा र स्वास्थ्य प्रणालीमा निजी क्षेत्रलाई पूर्ण रूपमा अलग राख्न सकिने अवस्था नरहेको गरे ।
उनले निजी सेवा उपयोग गर्नेहरूसँग कर उठाएर अन्य वर्गलाई मद्दत गर्ने सोच सुरुदेखि नै व्यावहारिक र सही नभएको कांग्रेसले भन्दै आएको धारणा राखे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
२ प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
-
अनुहारमा दही लगाउँदा के हुन्छ ?
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण