नेप्सेमा १४.१७ अंकको वृद्धि, ४ अर्ब ६९ करोडको कारोबार
सारांश
- साताको कारोबारको चौथो दिन बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १४.१७ अंकले बढेर २,७२६.७२ विन्दुमा पुगेको छ।
- आज कुल ३३८ कम्पनीका १ करोड ७७ हजार कित्ता शेयर किनबेच हुँदा कुल ४ अर्ब ६९ करोड ३४ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।
- एभरेष्ट कलर लिमिटेड, स्नो रिभर लिमिटेड र एपोलो हाइड्रोपावरका शेयर मूल्यमा आज सबैभन्दा धेरै वृद्धि भएको छ।
काठमाडौं । साताको कारोबारको चौथो दिन बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सुधार देखिएको छ। दिनभरको तीव्र उतारचढावका बाबजुद बजार बन्द हुँदा नेप्से परिसूचक सकारात्मक देखिएको हो।
नेप्से परिसूचक आज १४.१७ अंकले बढेर २,७२६.७२ विन्दुमा पुगेर रोकिएको छ। आज बजार खुलेदेखि नै घटबढको क्रम जारी थियो। दिउँसो १:३० बजेसम्म बजार केही सुस्त देखिए पनि अन्तिम एक घण्टामा भने तीव्र वृद्धि देखिएको छ।
बिहीबार कुल ३३८ कम्पनीका १ करोड ७७ हजार कित्ता शेयर किनबेच हुँदा कुल ४ अर्ब ६९ करोड ३४ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।
आज कुल १५३ कम्पनीको शेयर मूल्यमा वृद्धि भएको छ भने १११ कम्पनीको मूल्य घटेको छ। बाँकी १२ कम्पनीको शेयर मूल्य भने स्थिर रहेको नेप्सेले जनाएको छ।
आज सबैभन्दा धेरै कमाउनेमा एभरेष्ट कलर लिमिटेडको रहेको छ, जसको मूल्य १४.९९ प्रतिशतले बढेको छ। त्यस्तै स्नो रिभर लिमिटेड १३.७१ प्रतिशत र एपोलो हाइड्रोपावर ११.०४ प्रतिशतले बढेका छन्।
कारोबार रकमका आधारमा आज रिलायन्स स्पिनिङ मिल्स २८ करोड ३३ लाख १९ हजार रुपैयाँसहित शीर्ष स्थानमा रहेको छ। त्यसैगरी आँखुखोला जलविद्युत्, रिडी हाइड्रोपावर, सोलु हाइड्रोपावर र एनआरएन इन्फास्ट्रक्चर क्रमशः सर्वाधिक कारोबार हुने अन्य कम्पनीहरू हुन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसको आधिकारिकता विवाद पुनः सर्वोच्चमा
-
सरकार बनाउनका लागि केन्द्रको निर्णय कुर्दै खगराज भट्ट
-
कांग्रेसको ‘एनसी फर एनसी’ अभियानमा के–के गर्नुपर्छ कार्यकर्ताले ?
-
करदातालाई दपेटेर होइन, खुसी पारेर कर उठाउनुस् : अर्थमन्त्री वाग्ले
-
बी.पी. भित्तामा होइन, चिन्तनमा र व्यवहारमा हुनुपर्छ : भीष्मराज आङ्देम्बे
-
सिरहामा गोली चल्यो, दुई जना घाइते
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण