कुल आय ३० अर्ब ३८ करोड नाघ्यो, आन्तरिक राजस्वको योगदान ४ अर्ब ७० करोडभन्दा बढी
सारांश
- कोशी प्रदेश सरकारले आर्थिक वर्ष २०८२/०८३ मा कुल ३० अर्ब ३८ करोड ४७ लाख ३२ हजार ४३९ रुपैयाँ आय आर्जन गरेको छ ।
- यस कुल आयमा प्रदेशको आफ्नै आन्तरिक राजस्वको योगदान ४ अर्ब ७० करोड ८४ लाख ४४ हजार ९ सय ११ रुपैयाँ रहेको छ ।
- आन्तरिक आयतर्फ सवारी साधन र घरजग्गा रजिस्ट्रेसन करको हिस्सा सबैभन्दा बढी देखिएको छ ।
विराटनगर । कोशी प्रदेश सरकारले आर्थिक वर्ष २०८२/०८३ मा कुल ३० अर्ब ३८ करोड ४७ लाख ३२ हजार ४३९ रुपैयाँ आय प्राप्त गरेको छ । प्रदेश सरकारको असार मसान्तसम्मको विवरण अनुसार कुल प्राप्त आयमध्ये प्रदेशको आफ्नै आन्तरिक राजस्वको योगदान ४ अर्ब ७० करोड ८४ लाख ४४ हजार ९ सय ११ रुपैयाँ छ ।
बाँकी ठुलो हिस्सा भने संघीय सरकारबाट प्राप्त विभिन्न अनुदान, राजस्व बाँडफाँट र रोयल्टी लगायतका स्रोतबाट जुटाइएको हो ।
प्रदेश सरकारको आन्तरिक आयतर्फ सवारी साधन र घरजग्गा रजिस्ट्रेसन करको हिस्सा सबैभन्दा बढी देखिएको छ । विवरण अनुसार सवारी साधन कर बाँडफाँटबाट १ अर्ब ५१ करोड ६२ लाख ३८ हजार २५७ रुपैयाँ र घरजग्गा रजिस्ट्रेसन दस्तुरबापत १ अर्ब ४१ करोड ७८ लाख १५ हजार ८८६ रुपैयाँ सङ्कलन भएको छ ।
यसैगरी सवारी चालक अनुमतिपत्र तथा सवारी दर्ता दस्तुरबापत ६३ करोड ३० लाख ६५ हजार ४० रुपैयाँ, दहतर बहतरको बिक्रीबाट ३१ करोड २३ लाख ९५ हजार २६९ रुपैयाँ र अन्य प्रशासनिक सेवा शुल्कबापत १३ करोड १० लाख ९४ हजार ८९ रुपैयाँ आन्तरिक खातामा दाखिला भएको छ । यसका साथै बेरुजु असुलीतर्फ १२ करोड २२ लाख ९२ हजार ६३२ रुपैयाँ सङ्कलन भएको छ ।
संघीय सरकारबाट मूल्य अभिवृद्धि कर (भ्याट) बाँडफाँटबापत ८ अर्ब ८९ करोड ४३ लाख ६४ हजार ४४७ रुपैयाँ र वित्तीय समानीकरण अनुदानबापत ८ अर्ब २१ करोड ५३ लाख १९ हजार ३०० रुपैयाँ प्राप्त भएको छ ।
त्यसैगरी अन्तःशुल्क बाँडफाँटबाट ३ अर्ब २१ करोड ३९ लाख १९ हजार ८०२ रुपैयाँ, चालु ससर्त अनुदानबाट २ अर्ब ३९ करोड ५५ लाख २९ हजार ४५३ रुपैयाँ र पुँजीगत ससर्त अनुदानबाट १ अर्ब ५५ करोड १४ लाख ८१ हजार २५२ रुपैयाँ प्राप्त भएको छ ।
विशेष अनुदान चालुतर्फ ३४ करोड ५ लाख रुपैयाँ, विशेष पुँजीगततर्फ २१ करोड ६७ लाख रुपैयाँ तथा समपूरक अनुदान पुँजीगततर्फ ३९ करोड १७ लाख रुपैयाँ प्रदेश सञ्चित कोषमा दाखिला भएको छ भने पर्वतारोहण र विद्युत रोयल्टीबापत क्रमशः २२ करोड ७१ लाख र १० करोड ३२ लाख रुपैयाँ आम्दानी भएको छ ।
आर्थिक वर्षको अन्तिम महिना असारमा मात्रै प्रदेश सरकारको खातामा ३ अर्ब ४४ करोड ७६ लाख ९२ हजार ४८५ रुपैयाँ कुल आय जम्मा भएको छ, जसमा असार महिनामा मात्र सङ्कलित आन्तरिक राजस्व ९० करोड ९ लाख ५९ हजार ३३१ रुपैयाँ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वैदेशिक व्यापारमा नयाँ रेकर्ड, तर व्यापार घाटा झण्डै १८ खर्ब
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
-
नेदरल्यान्ड्सविरुद्ध नेपाल १५७ रनमै अलआउट, फेरि धर्मरायो ब्याटिङ
-
कर अधिकृतलाई अर्थमन्त्रीको सम्बोधन– ‘८ खर्ब तपाईंहरूको लक्ष्य हो, बजेटको स्कीमबाट १ खर्ब उठाउनुस्’
-
कांग्रेसको आधिकारिकता विवाद पुनः सर्वोच्चमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण