बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय

प्रहरीको प्राविधिकतर्फ ९ जना अधिकृतहरू बढुवाका लागि सिफारिस

बिहीबार, ०७ साउन २०८३, १६ : ५९
बिहीबार, ०७ साउन २०८३

सारांश

  • नेपाल प्रहरीको प्राविधिकतर्फ इन्जिनियरिङ उपसमूहको सञ्चारतर्फ ३ जना डीएसपीलाई एसपीमा बढुवा सिफारिस गरिएको छ ।
  • सञ्चारतर्फकै ३ जना डीएसपीलाई एसपीमा बढुवा सिफारिस गरियो ।
  • इन्जिनियरिङ उप समूहको सवारीतर्फ प्रहरी वरिष्ठ नायव निरीक्षक मिनप्रसाद खत्रीलाई इन्स्पेक्टरमा बढुवा गर्न सिफारिस गरिएको छ ।

काठमाडौँ । नेपाल प्रहरीको प्राविधिक तर्फ विभिन्न पदमा बढुवा सिफारिस गरिएको छ । बिहीबार बसेको बढुवा समितिको बैठकले प्राविधिक समूह इन्जिनियरिङ उपसमूहको सञ्चारतर्फ ३ जनालाई डीएसपीलाई एसपीमा बढुवा सिफारिस गरिएको छ । बढुवा सिफारिस हुनेमा ईं.अमरेन्द्रप्रसाद सिंह, रामबाबु राना र अभयकुमार झा छन् ।

सञ्चारतर्फकै ३ जना डीएसपीलाई एसपीमा बढुवा सिफारिस गरिएको छ । सिफारिस हुनेमा ईं निशा चौधरी, ईं सन्जिप दाहाल र ईं रमेशकुमार शाह छन् ।

इन्जिनियरिङ उप समूहको सवारीतर्फ प्रहरी वरिष्ठ नायव निरीक्षक मिनप्रसाद खत्रीलाई इन्स्पेक्टरमा बढुवा गर्न सिफारिस गरिएको छ । प्राविधिक समूह इन्जिनियरिङ उपसमूह मेकानिकल तर्फ ईं अञ्जनराज खरेललाई इन्स्पेक्टरबाट डीएसपीमा बढुवा सिफारिस गरिएको छ । इन्जिनियरिङ उप समूहको सवारीतर्फका डीएसपी अनुप श्रेष्ठलाई एसपी पदमा बढुवा गर्न सिफारिस गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप