शुक्रबार, ०८ साउन २०८३
ताजा लोकप्रिय

इरान युद्ध: मध्यपूर्वमा तनाव झनै चर्किँदै

शुक्रबार, ०८ साउन २०८३, ०७ : २४
शुक्रबार, ०८ साउन २०८३

सारांश

  • अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध झन् ठुलो सैन्य आक्रमण गर्ने निर्णयको नजिक पुगेको बताएका छन् ।
  • इरानी विदेशमन्त्री अब्बास अराघचीले अमेरिकी आक्रमणलाई 'अविवेकी' संज्ञा दिँदै यस्तो कदमले ट्रम्पले अझ ठुलो मूल्य चुकाउनुपर्ने चेतावनी दिएका छन् ।
  • यस युद्धमा अमेरिकाले आफ्ना आधुनिक हतियारको एकतिहाइदेखि आधासम्म प्रयोग गरिसकेको छ र यसको भण्डार पुनः भर्न दुईदेखि पाँच वर्ष लाग्न सक्ने आकलन गरिएको छ ।

वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध अहिलेसम्मकै ‘झन् ठुलो सैन्य आक्रमण’ गर्ने विषयमा आफू निर्णयको नजिक पुगेको बताएका छन् । ट्रम्पले इरानले ‘अहिलेसम्म पर्याप्त पीडा भोगेको छैन’ भन्दै आवश्यक परे व्यापक सैन्य कारबाही पुनः सुरु गर्न सकिने चेतावनी दिएका हुन् ।

यसको जवाफमा इरानी विदेशमन्त्री अब्बास अराघचीले अमेरिकी आक्रमणलाई ‘अविवेकी’को संज्ञा दिँदै यस्तो कदमले ट्रम्पले अझ ठुलो मूल्य चुकाउनुपर्ने चेतावनी दिएका छन् । इरानले अमेरिकी आक्रमण जारी रहे अझ शक्तिशाली प्रतिकारात्मक हमला गर्ने अडान दोहोर्‍याएको छ ।

यसबिच अमेरिकी आक्रमण निरन्तर जारी रहेको समाचार आएका छन् । इरानको रणनीतिक रूपमा अत्यन्त महत्त्वपूर्ण किश्म टापु, अहवाज, अन्दिमेश्क र ओमिदियेह क्षेत्रमा विस्फोट र मिसाइल आक्रमणको खबर सार्वजनिक भएको छ । खुझेस्तान प्रान्तका केही क्षेत्रमा अमेरिकी मिसाइल प्रहार भएको इरानी सञ्चारमाध्यमले जनाएका छन् । बन्दर अब्बास शहरमा भएको आक्रमणमा कम्तीमा दुई जना घाइते भएको पनि इरानी अधिकारीहरूले बताएका छन् ।

यसैगरि, अमेरिकाको युद्ध क्षमता र खर्चबारे पनि चिन्ता बढेको छ । पूर्व पेन्टागन अधिकारी मार्क क्यान्सियनका अनुसार इरान युद्धमा अमेरिकाले आफ्ना आधुनिक हतियारको एकतिहाइदेखि आधासम्म प्रयोग गरिसकेको छ । ती हतियारको भण्डार पुनः भरिन दुईदेखि पाँच वर्ष लाग्न सक्ने उनको आकलन छ । यसले ताइवानजस्ता अन्य सम्भावित द्वन्द्वमा अमेरिका कमजोर बन्न सक्ने चेतावनी उनले दिएका छन् ।

उनका अनुसार इरान युद्धमा अमेरिकाले हालसम्म करिब ३७.५ अर्ब अमेरिकी डलर खर्च गरिसकेको छ भने युद्ध र सैन्य तयारीका लागि थप ७० अर्ब डलर आवश्यक पर्ने अमेरिकी प्रशासनले जनाएको छ । यससँगै अमेरिकाले विस्फोटक बोकेका समुद्री ड्रोनसहित सस्तो र अत्याधुनिक हतियारको संयुक्त प्रयोग बढाएको पनि उल्लेख गरिएको छ ।

उता गल्फ कोअपरेसन काउन्सिल (जिसिसि) का सदस्य राष्ट्रहरू (बहराइन, कुवेत, ओमान, कतार, साउदी अरेबिया, संयुक्त अरब इमिरेट्स) सहित जोर्डनले संयुक्त वक्तव्य जारी गर्दै आफ्नो सार्वभौमसत्ता, नागरिक, व्यापारिक जहाज र महत्त्वपूर्ण पूर्वाधारको रक्षा गर्न आवश्यक सबै कानुनी उपाय अपनाउने बताएका छन् । यद्यपि उनीहरूले इरानविरुद्ध प्रतिशोधात्मक सैन्य कारबाहीको घोषणा नगरी कूटनीतिक समाधानमै जोड दिएका छन् ।

यसैबीच बेलायतले पनि आफ्ना सैन्य आधार प्रयोगबारे इरानको चेतावनीपछि देशको सुरक्षा गर्न आफ्ना सशस्त्र बल तयारी अवस्थामा रहेको जनाएको छ । साथै संयुक्त राष्ट्रसंघको नयाँ प्रतिवेदनले गाजामा अझै १४ लाख मानिस, अर्थात् कुल जनसंख्याको ६७ प्रतिशत, गम्भीर खाद्य संकटमा रहेको जनाएको छ । लागत थोपर्न पर्याप्त हुन्छ  ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप