साउन २४ गतेबाट अवकाशमा जाने सचिव शर्माले दिए राजीनामा, मन्त्रिपरिषद्ले गर्यो स्वीकृत
सारांश
- सचिव गोविन्द शर्माले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा (अतिरिक्त समूह) मा थन्क्याइएको पदबाट राजीनामा दिएका छन् ।
- सचिव शर्माले साउन १ गते राजीनामा दिएका थिए, जुन साउन ४ गतेबाट लागू हुनेगरी पेस गरिएको थियो ।
- मन्त्रिपरिषद् बैठकले साउन ६ गते सचिव शर्माको राजीनामा स्वीकृत गरिसकेको छ ।
काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा (अतिरिक्त समूह)मा थन्क्याइएका सचिव गोविन्द शर्माले पदबाट राजीनामा दिएका छन् ।
सचिव शर्माले साउन १ गते पेस गरिएको साउन ४ गतेबाट लागु हुनेगरी राजीनामा दिएका प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रवक्ता सहसचिव हेमराज अर्यालले जानकारी दिए ।
प्रवक्ता अर्यालका अनुसार सचिव शर्माको राजीनामा साउन ६ गते बसेको मन्त्रिपरिषद् बैठकले स्वीकृत गरिसकेको छ ।
फागुन २१ गते अनिवार्य अवकाशमा जान लागेका सचिव शर्माले त्यसको ३ साता अगाडि १ गते नै राजीनामा दिएका हुन् ।
मुख्यसचिव बन्ने दौडमा रहेका शर्मालाई गत फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनपछि एकै पार्टीको सहज बहुमतका प्रधानमन्त्री बनेका बालेन्द्र शाहले मन्त्रालयविहीन बनाएर अतिरिक्त समूहमा थन्क्याएका थिए ।
मन्त्रालय समायोजनअघि वन तथा वातावरण मन्त्रालयका सचिव रहेका शर्मालाई गत जेठ २६ गते प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा गर्दै अतिरिक्त समूहमा थन्क्याएका थिए । शर्मालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसँग सम्बन्धित कार्यको समन्वय गर्ने जिम्मेवारी दिइएको थियो ।
मन्त्रालयहरू समायोजन गर्ने क्रममा वरिष्ठ सचिवलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा गरी कनिष्ठ सचिवलाई मन्त्रालयको जिम्मेवारी दिइएपछि शर्मा असन्तुष्ट थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारका प्रवक्ताले भने- आइतबारको बिदा कायम रहन्छ
-
अमेरिकीहरूमा पुँजीवादप्रतिको विश्वास घट्दै
-
ट्राफिकले चिट काट्नै नपरोस्, टिकट लेख्नै नपरोस् : आईजीपी कार्की
-
कुकुरेल्लाको खुला घुम्रिएको कपालको भावुक रहस्यः छोराका लागि खुलै राख्छन् कपाल
-
सीजेपी र भारत सरकारबिच आज वार्ता हुँदै
-
सशस्त्र प्रहरीद्वारा तीन महिनामा ३ सय ४७ जनाको सकुशल उद्धार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण