शुक्रबार, ०८ साउन २०८३
ताजा लोकप्रिय

विवेक मण्डलका परिवारलाई गगन थापाद्वारा १ लाख सहयोग

सन्तानको शिक्षाको पनि जिम्मा
शुक्रबार, ०८ साउन २०८३, ११ : ०५
शुक्रबार, ०८ साउन २०८३

सारांश

  • नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सर्लाहीका स्वर्गीय विवेक मण्डलको परिवारलाई १ लाख आर्थिक सहयोग गरेका छन् ।
  • आत्मदाहको प्रयासपछि उपचारका क्रममा निधन भएका ३५ वर्षीय मण्डलको १३औँ पुण्य तिथिको अवसरमा थापाले राहत स्वरूप सो सहयोग प्रदान गरेका हुन् ।
  • थापाले स्वर्गीय मण्डलका सन्तानहरूको शिक्षादीक्षाको सम्पूर्ण जिम्मेवारी लिने प्रतिबद्धता पनि व्यक्त गरेका छन् ।

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सर्लाहीका स्वर्गीय विवेक मण्डलको परिवारलाई १ लाख आर्थिक सहयोग प्रदान गरेका छन् । आत्मदाहको प्रयासपछि उपचारका क्रममा निधन भएका ३५ वर्षीय मण्डलको १३औँ पुण्य तिथिको अवसर पारेर सभापति थापाले राहत स्वरूप सहयोग गरेका हुन् । 

सर्लाही जिल्ला, गोडैता नगरपालिका–१०, सिसौटिया निवासी उपेन्द्र मण्डलका सुपुत्र तथा रिना कुमारीका पति विवेक मण्डलको दुःखद निधनप्रति गहिरो शोक व्यक्त गर्दै थापाले शोकाकुल परिवारलाई नगद एक लाख रुपैयाँ सहयोग प्रदान गरेका हुन् । 

आर्थिक सहयोगका साथै सभापति थापाले स्वर्गीय मण्डलका सन्तानहरूको शिक्षा–दीक्षाको सम्पूर्ण जिम्मेवारी लिने प्रतिबद्धता समेत व्यक्त गरेका कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिए । यसअघि उनले विवेक मण्डलको असामयिक निधनले आफूलाई मर्माहत तुल्याएको उल्लेख गर्दै मण्डलप्रति भावपूर्ण श्रद्धाञ्जली र परिवारजनमा समवेदना प्रकट गरेका छन् ।

750892943_801618906305669_6302921460976830483_n

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप