शुक्रबार, ०८ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

आरती रावल पुर्पक्षका लागि थुनामा

शुक्रबार, ०८ साउन २०८३, १४ : ०१
शुक्रबार, ०८ साउन २०८३

सारांश

  • आरती रावललाई विद्युतीय कारोबार ऐन अनुसार मुद्दा पुर्पक्षका लागि थुनामा पठाइएको छ ।
  • प्रहरीको साइबर ब्युरोले असार २४ मा रावललाई पक्राउ गरी अनुसन्धान गरेको थियो ।
  • रावललाई एक महिलालाई सामाजिक सञ्जालबाट गालीगलौज गरेको आरोपमा पक्राउ गरिएको हो ।

काठमाडौँ । आरती रावललाई मुद्दा पुर्पक्षका लागि थुनामा पठाइएको छ । असार २४ मा प्रहरीको साइबर ब्युरोले उनलाई पक्राउ गरेर अनुसन्धान गरेको थियो । विद्युतीय कारोबार ऐन २०६३ अनुसारको कसुरमा काठमाडौँ जिल्ला अदालतले उनलाई मुद्दा पुर्पक्षका लागि थुनामा पठाउन आदेश गरेको हो ।

अदालतको आदेश अनुसार रावललाई कारागार चलान गरिएको साइबर ब्युरोका प्रवक्ता (एसपी) दिलीप गिरीले रातोपाटीलाई बताए । एक जना महिलालाई सामाजिक सञ्जालबाट अनर्गल गालीगलौज गरेको आरोपमा उनी पक्राउ गरेकी थिइन् ।

रावल न्यायाधीश भुवन गिरीकी पूर्वपत्नी हुन् । यसअघि उनले गिरीविरुद्ध वैवाहिक बलात्कार मुद्दा दायर गरेकी थिइन् । सो मुद्दामा गिरीले सफाइ पाएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप