परिस्थिति जटिल बन्नुमा वामपन्थी शक्तिको भूमिका पनि जिम्मेवार छ : मोहनविक्रम सिंह
सारांश
- नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहले नेपालको वर्तमान जटिल राजनीतिक अवस्थाका लागि वामपन्थीहरूको गैरजिम्मेवार भूमिका जिम्मेवार रहेको बताएका छन् ।
- उनले जनताको विश्वासलाई सही प्रयोग गर्न नसकेकोमा वामपन्थीहरूले आत्मालोचना गर्नुपर्ने र कार्यशैलीमा परिवर्तन ल्याउनुपर्नेमा जोड दिए ।
- सिंहले अमेरिकी साम्राज्यवादविरुद्धको लडाई जीवन मरणको सवाल भएको भन्दै युद्धको विरोध र विश्व शान्तिका लागि एकताबद्ध हुन आह्वान गरे ।
काठमाडौँ । नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहले नेपालका वामपन्थीहरूको गैरजिम्मेवारपूर्ण भूमिकाका कारण नै आजको जटिल राजनीतिक अवस्था उत्पन्न भएको त होइन भनेर सबै वामपन्थीहरूले विचार गर्नुपर्ने बताएका छन् ।
शुक्रबार ४८औँ पुष्पलाल स्मृति दिवसको सन्दर्भमा पुष्पलाल मित्रता केन्द्रले आयोजना गरेको ‘वर्तमान राजनैतिक परिस्थितिमा वामपन्थी दलहरूको भूमिका’ विषयक विचार गोष्ठीमा बोल्दै महामन्त्री सिंहले यस्तो बताएका हुन् ।
‘आज देशमा जुन अवाञ्छित प्रकारको स्थिति तयार भएको छ, त्यसका पछाडि वामपन्थी शक्तिहरूको भूमिका पनि धेरै जिम्मेवार छ’, सिंहले भने, ‘जनताको विश्वासलाई सही प्रकारले प्रयोग गर्न कति सफल भए ? यसबारे सबैले आत्मालोचना गर्नुपर्छ, आ–आफ्नो चरित्र वा कार्यशैलीमा पनि परिवर्तन गर्न जरुरी छ ।’
अमेरिकी साम्राज्यवादी शक्तिका विरुद्धको लडाई नेपालीहरूका लागि जीवन मरणको सवाल बनेको भन्दै युद्धको विरोध र विश्व शान्तिका लागि एकताबद्ध हुनुपर्ने सिंहको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बंगलादेशका राष्ट्रपति शाहाबुद्दिनले दिए राजीनामा
-
पाल्पामा खोलामा हाम फाले पुरुष, सकुशल उद्धार
-
आकासमा काँलो बादल मडारिना साथ त्रसित हुन्छन् ‘ब्रह्मपुरी’का बासिन्दा
-
उच्च र विशेष अदालतको आदेश बदर गर्न माग गर्दै व्यवसायी दीपक भट्ट सर्वोच्च पुगे
-
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गुनासो सुन्न सुरु
-
बालेन सरकारविरुद्ध चार वाम एक ठाउँमा, प्रचण्डले सुनाए घेराबन्दीको सूत्र !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण