शुक्रबार, ०८ साउन २०८३
ताजा लोकप्रिय
अपडेट

प्रहरीले तयार पार्‍यो अपराध गर्न सक्ने १८ सय ७१ जनाको क्रिमिनल प्रोफाइल

शुक्रबार, ०८ साउन २०८३, १६ : २९
शुक्रबार, ०८ साउन २०८३

सारांश

  • प्रहरीले गुण्डागर्दी, तस्करी, लागुऔषध, कर्तव्य ज्यान, ठगी, चोरी र जघन्य अपराधमा संलग्न हुनसक्ने १८ सय ७१ जना शंकित व्यक्तिको क्रिमिनल प्रोफाइल तयार पारेको छ ।
  • यो प्रोफाइल विगतमा अपराधमा संलग्न भइसकेका र भविष्यमा पनि अपराध गर्न सक्ने जोखिम मूल्याङ्कन गरिएका व्यक्तिहरूमा केन्द्रित छ ।
  • जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईका अनुसार, पुराना घटनामा संलग्न र नयाँ घटना गराउन सक्ने जोखिम भएका पहिचान गरिएकाहरूको प्रोफाइल तयार गरिएको हो ।

काठमाडौँ । प्रहरीले अपराधमा संलग्न हुनसक्ने शंकित व्यक्तिहरूको ‘क्रिमिनल प्रोफाइलिङ’ तयार गरेको छ । गुण्डागर्दी, तस्करी, लागुऔषध, कर्तव्य ज्यान, ठगी, चोरी र जघन्य अपराधमा यसअघि संलग्न रहेका र भविष्यमा पनि अपराध गर्न सक्ने जोखिम मूल्याङ्कन गरेर प्रोफाइलिङ तयार गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ । 

१८ सय ७१ जनाको क्रिमिनल प्रोफाइलिङ तयार गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईले रातोपाटीलाई बताए ।

प्रोफाइलमा समेटिएकाहरू यसअघि पनि अपराधमा संलग्न भएकाहरू हुन् । एसपी भट्टराई भन्छन्– ‘पुराना घटनामा संलग्न र नयाँ घटना गराउन सक्ने जोखिम भएका र पहिचान भएकाहरूको क्रिमिनल प्रोफाइलिङ तयार गरिएको हो ।’ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप