पाल्पामा खोलामा हाम फाले पुरुष, सकुशल उद्धार
शुक्रबार, ०८ साउन २०८३, १७ : ०३
सारांश
- पाल्पाको कागतीडाँडास्थित निस्दी खोलामा हाम फालेका ५६ वर्षीय पुरुषलाई प्रहरी र स्थानीयवासीले सकुशल उद्धार गरेका छन् ।
- प्रहरी टोलीले घटनास्थलमा पुगेर स्थानीयवासीको सहयोगमा उनलाई खोलाबाट उद्धार गरेको हो ।
- उद्धारपछि ती पुरुषलाई सम्झाइबुझाइ श्रीमतीको जिम्मा लगाइएको छ ।
बुटवल । पाल्पाको कागतीडाँडास्थित खोलामा हाम फालेका एक पुरुषको सकुशल उद्धार गरिएको छ । शुक्रबार जिल्लाको रामपुर नगरपालिका–२, कागतीडाँडाका ५६ वर्षीय एक पुरुष स्थानीय निस्दी खोलामा हाम फालेका थिए ।
जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार ती पुरुषले निस्दी खोलामा हाम फालेको सूचना प्राप्त भएपछि प्रहरी टोली घटनास्थल पुगेको थियो । प्रहरी टोलीले स्थानीयवासीको सहयोगमा उनलाई खोलाबाट सकुशल उद्धार गरेको हो।
उद्धारपछि उनलाई सम्झाइबुझाइ गरी श्रीमतीको जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय पाल्पाका डीएसपी भीमलाल भट्टराईले बताए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
थप पाँच परिवारलाई जग्गाधनी प्रमाण पुर्जा वितरण
-
हानि तथा क्षतिका विषयमा संवेदनशील ढङ्गले समाचार सम्प्रेषण गर्नुपर्नेमा जाेड
-
कांग्रेस नफुटाउन स्थानीय तहका जनप्रतिनिधिको दबाब, तस्बिरहरू
-
विश्वविद्यालयमा उपकुलपतिले पदाधिकारी नियुक्त गर्ने
-
भारत सरकार र सीजेपीबिच वार्ता, आन्दोलन भने जारी रहने
-
हर्मुज जलमार्गमा फसेका ६ हजार नाविक उद्धारका लागि राष्ट्रसङ्घको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण