घुमुवा प्रहरी हुँ भन्दै रकम असुल्ने एक व्यक्ति पक्राउ
सारांश
- रुपन्देहीमा घुमुवा प्रहरी भन्दै नक्कली रिभल्भर देखाएर रकम माग्ने एक जना पक्राउ परेका छन्।
- पक्राउ पर्ने राकेश प्रताप राणाको साथबाट नक्कली रिभल्भर, गाँजा, मोबाइल र नगद बरामद भएको छ।
- घटनाबारे थप अनुसन्धान भैरहवा बजार क्षेत्रमा भइरहेको छ।
काठमाडौँ । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका –१३ शान्तिनगरबाट घुमुवा प्रहरी भन्दै नक्कली रिभल्भर देखाएर सर्वसाधारणसँग रकम माग्दै हिँड्ने एक जनालाई पक्राउ गरिएको छ ।
पक्राउ पर्नेमा सिद्धार्थनगर नगरपालिका –१३ घर भई हाल ओमसतिया गाउँपालिका –०४ बालापुरमा कोठा भाडामा बस्दै आएका ४९ वर्षीय राकेश प्रताप राणा रहेका छन् ।
शुक्रबार साउन ८ गते साँझ करिब ७:३० बजे भैरहवा बजार क्षेत्रमा राणाले “म जिल्ला प्रहरी कार्यालय रुपन्देहीको घुमुवा हुँ भन्दै पेस्तोल देखाएर सर्वसाधारणसँग रु। १० हजार मागिरहेको भन्ने सूचना प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट प्रहरी निरीक्षकको कमान्डमा टोली परिचालन गरिएको थियो ।
उनको शरीर तथा डेरा कोठाको खानतलासी गर्दा कोठामा लुकाई छिपाइ राखिएको नक्कली रिभल्भर एक थान, सवारी चालक अनुमतिपत्र एक थान, लागु औषध गाँजा ५०० ग्राम, भिभो कम्पनीको एन्ड्रोइड मोबाइल एक थान तथा नेपाली नगद रु. २ हजार ६ सय बरामद गरि बरामद सामग्री सहित जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा राखी घटनाबारे थप अनुसन्धान भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पछिल्लो वर्ष नेपालमा पर्यटक आगमन १२ लाखभन्दा बढी, २५ प्रतिशत भारतबाट
-
नेपालको समृद्धिका लागि एनआरएनए र पत्रकारबिच बलियो सहकार्य आवश्यक : रोविन शेरचन
-
सांसदहरूलाई स्वकीय सचिव नियुक्ति गर्ने निर्णयका विरुद्ध प्रदर्शन (तस्बिरहरू)
-
हरिशयनी एकादशी : नारायण मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो
-
हरियो साउनको गहिरो आस्था
-
फ्रान्स–स्पेनमा डढेलोः एक लाख ६० हजारभन्दा बढी विस्थापित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण