‘हली’को ट्रेलरमा देश बनाउने र छाउप्रथाकाे कथा
सारांश
- फिल्म ‘हली’को ट्रेलर रिलिज भएको छ जसमा छाउपडी प्रथा र देश परिवर्तन गर्ने एक हलीको कथा समेटिएको छ।
- यो फिल्म वास्तविक कथामा आधारित छ र यसले नेताको भाषणले मात्र देश परिवर्तन नहुने सन्देश दिन्छ।
- निर्देशकका अनुसार, चेतनालाई फराकिलो बनाएर छाउपडी जस्ता कुप्रथाको अन्त्य गर्न सकिन्छ।
काठमाडौँ । यहीँ साउन २२ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘हली’को ट्रेलर रिलिज गरिएको छ । ओएसआर डिजिटल युट्युब च्यानलमार्फत रिलिज ट्रेलरमा छाउप्रथा र एउटा हलीले नै देशको मुहार फेर्न सकिने कथा समटिएकाे छ। महिनावारी हुँदा स्कुल पढाउनु हुँदैन भन्दै स्कुल नपठाएको कथा देखि २१ दिनसम्म बुवा र छोरा मान्छेको मुहार हेर्न हुन्न भन्ने कथा समेत छ ।
पूजा गुरुङ र जस्मिन श्रेष्ठले निर्माण गरेको यो फिल्मलाई ओम प्रतिकले लेखन तथा निर्देशन गरेका हुन्। फिल्ममा प्रमोद दीप, सुजाता थापा, विद्या कार्की,सरोज खनाल,अरुणा कार्की, अर्जुन गुरुङ,नवीन श्रेष्ठ, कञ्चन दुलाल, कमल गाउँले, विशाल पहाडीको अभिनय रहेको छ। साथै,स्वयम् निर्देशक ओम प्रतीकले पनि मुख्य भूमिकामा छ।
निर्माता गुरुङले यो फिल्म वास्तविक कथामा निर्माण भएको बताइन्। उनले एउटा हलीले नै देशको मुहार फेर्न सकिने कथा फिल्मले देखाउने बताइन् । गुरुङले भनिन,'देश परिवर्तन गर्नका लागि काफी छ है । यहाँ नेताले भाषण गर्दैमा मात्रै देश परिवर्तन हुँदैन।'
निर्देशक प्रतिकले मस्तिष्क चेतनालाई फराकिलो बनाइयो भने पढाइमा पिएचडी गर्नु नपर्ने बताए। उनले भने,'पश्चिम क्षेत्रमा महिनावारी हुँदा पहिलो पटक छाउप्रथामा राख्ने गरिने रैछ। त्यहीँ यथार्थ कथामा यो फिल्म निर्माण गरेका हौँ। चेतनालाई फराकिलो रूपले हेरियो भने पढाइमा पिएचडी गर्नै पर्दैन।'
फिल्मको एउटा प्रमोसनल गीतमा अभिनेत्री दीपाश्री निरौला,पूजा शर्मादेखि मिथिला शर्मासम्मले अभिनय गरेका छन्। जापुरा फिल्मस् प्रोडक्सन र शुभ चिरायु फिल्मस्को सहकार्यमा निर्माण भएको यस फिल्मको कथा क्रान्तिकारी शैलीको छ। जहाँ देशमा परिवर्तन ल्याउनका लागि एक जना ‘हली’ नै काफी हुन्छ भन्ने सन्देश दिने निर्माण पक्षको छ।
फिल्ममा वरिष्ठ संगीतकार शम्भुजित बास्कोटा, बाबुल गिरी र कृष्ण भारद्वाजको संगीत सुन्न पाइनेछ।
फिल्मका कार्यकारी निर्माता अर्जुन भुसाल, सह–निर्मात्री नम्रता भण्डारी, लाइन प्रोड्यूसर लक्ष्मण कर्माचार्य र मुख्य सहायक निर्देशक जीवननाथ गौतम हुन्। राहुल राईको छायांकन रहेको फिल्मलाई रामप्रसाद चौधरी र विपिन मल्लले सम्पादन गरेका हुन् भने द्वन्द्व निर्देशन कुमार महर्जनको रहेको छ। नेसनल सिने ग्रुप प्रालिले वितरण गर्न लागेको यस फिल्मको डिजिटल पार्टनर ओएसआर डिजिटल रहेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पछिल्लो वर्ष नेपालमा पर्यटक आगमन १२ लाखभन्दा बढी, २५ प्रतिशत भारतबाट
-
नेपालको समृद्धिका लागि एनआरएनए र पत्रकारबिच बलियो सहकार्य आवश्यक : रोविन शेरचन
-
सांसदहरूलाई स्वकीय सचिव नियुक्ति गर्ने निर्णयका विरुद्ध प्रदर्शन (तस्बिरहरू)
-
हरिशयनी एकादशी : नारायण मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो
-
हरियो साउनको गहिरो आस्था
-
फ्रान्स–स्पेनमा डढेलोः एक लाख ६० हजारभन्दा बढी विस्थापित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण