शनिबार, ०९ साउन २०८३
ताजा लोकप्रिय
फोटो फिचर

तस्बिरमा हेर्नुहोस् प्रकृतिको सुन्दर उपहार भाङ्गे झरना

शनिबार, ०९ साउन २०८३, ०९ : ०९
शनिबार, ०९ साउन २०८३

सारांश

  • भाङ्गे झरना नुवाकोटबाट रसुवा जाने सडकको छेउमा रहेको छ ।
  • यो झरना चीनसँग जोडिने बेत्रावती-मैलुङ-स्याफ्रुवेशी सडकखण्डमा पर्छ र यसको उचाइ १ सय ८१ मिटर छ ।
  • सामाजिक सञ्जालमा प्रचारप्रसार बढेपछि पछिल्ला वर्षहरूमा भाङ्गे झरनामा पर्यटकको चहलपहल बढेको छ ।

रसुवा । सडकको एकछेउ त्रिशूली सुसाइरहन्छ । अर्कोपट्टि अजङ्गको भीर छ । त्यही भीरबाट उर्लिन्छ – भाङ्गे झरना ।

नुवाकोटबाट रसुवा जाने जो–कोहीलाई झरनाले केही बेर अड्याउँछ । पानीको बहाव बढेसँगै उत्तरगया गाउँपालिका–२ स्थित झरनाको चमक यतिबेला झनै बढेको छ ।

सडकसँगै रहेको र सहज पहुँचका कारण नुवाकोट, काठमाडौँ, धादिङलगायत विभिन्न स्थानबाट पर्यटक भाङ्गे झरनाको अवलोकन गर्न पुग्ने गरेका छन् । यो झरना चीनसँग जोडिने बेत्रावती–मैलुङ–स्याफ्रुवेशी सडकखण्डमा पर्छ । यो झरनाको उचाइ १ सय ८१ मिटर छ । 

Bhaage Jharna_Rasuwa  (2)

०७९ सालसम्म खासै पर्यटकको चहलपहल हुँदैनथ्यो । सामाजिक सञ्जालमा झरनाको फोटो–भिडियो सार्वजनिक भएपछि पछिल्ला वर्ष पर्यटक बढेको उत्तरगया–२ का वडाध्यक्ष टुकुप्रसाद सुवेदी बताउँछन् । 

Bhaage Jharna_Rasuwa  (3)

दैनिक ३ देखि सय जनाको हाराहारीमा पर्यटक झरना हेर्न आउने गरेको उनले सुनाए । ‘शुक्रबार–शनिबार त अझै ५ सय जनासम्म आउनुहुन्छ । खान–बस्न पनि समस्या छैन । नजिकै होटेल र होमस्टे नै चलेका छन्,’ उनले भने ।

Bhaage Jharna_Rasuwa  (4)

उनकाअनुसार चालु आर्थिक वर्षमा झरनाको पूर्वाधार व्यवस्थापन गर्न प्रदेश र स्थानीय सरकारबाट ४० लाख रुपैयाँ विनियोजन भएको छ । 

झरनाबाट खसेको पानी तलपट्टि रहेको तलाउमा पुग्छ । पर्यटकहरू तलाउमा पौडिरहेको भेटिन्छन् । अग्लो भीरबाट झरेको झरनाको पानी त्रिशूली नदीमा मिसिन्छ ।    

Bhaage Jharna_Rasuwa  (5)

मुख्यतः असार, साउन र भदौमा झरनामा पानीको बहाव निकै बढ्छ । यसपछि हिउँदसम्म क्रमशः पानीको बहाव घटेर झरना सुक्ने अवस्थासम्म पुग्छ । बर्खा सकिएपछि पानीको बहाव निकै घट्ने, कतिपय समयमा झरना सुक्ने भएकाले यसको आकर्षण पनि मौसमी रूपमा सीमित हुने गरेको छ ।

Bhaage Jharna_Rasuwa  (6)

काठमाडौँको टोखाबाट करिब ७० किलोमिटर तथा नुवाकोट सदरमुकाम विदुरबाट करिब १८ किलोमिटर दूरीमा छ । 

पर्यटकको सुविधाका लागि झरना छेउको डाँडामा भ्यूपोइन्ट पनि छ ।  तस्बिर : प्रकाशचन्द्र तिमिल्सेना/नेपाल फोटो लाइब्रेरी

Bhaage Jharna_Rasuwa  (7)Bhaage Jharna_Rasuwa  (8)Bhaage Jharna_Rasuwa  (9)Bhaage Jharna_Rasuwa  (10)Bhaage Jharna_Rasuwa  (11)Bhaage Jharna_Rasuwa  (12)Bhaage Jharna_Rasuwa  (13)Bhaage Jharna_Rasuwa  (14)Bhaage Jharna_Rasuwa  (15)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप