महाकाली र महेन्द्र राजमार्ग स्तरोन्नतिका लागि ठेक्का आह्वान
सारांश
- महाकाली र पूर्व-पश्चिम महेन्द्र राजमार्गको स्तरोन्नति तथा सडक सुरक्षा अभिवृद्धिका लागि साढे आठ करोड रुपैयाँभन्दा बढीको ठेक्का आह्वान गरिएको छ ।
- सडक डिभिजन कार्यालय महेन्द्रनगरले कञ्चनपुर र कैलाली क्षेत्रमा पर्ने राजमार्गका विभिन्न जीर्ण खण्डहरूको मर्मत-सम्भार, स्तरोन्नति, ढलान र सडक सुरक्षा पूर्वाधार निर्माणका लागि कुल ८ करोड ५४ लाख १९ हजार रुपैयाँ अनुमानित लागतमा काम अघि बढाउन लागेको हो ।
- महाकाली राजमार्गको अत्तरिया खण्ड, गोपालेदेखि सहजपुर र गोदावरीदेखि फल्टुडेसम्मको सडक स्तरोन्नति गरिनेछ भने पूर्व-पश्चिम महेन्द्र राजमार्गको अत्तरियादेखि गड्डाचौकीसम्मा पनि सडक स्तरोन्नति र सुरक्षाका कामहरू अघि बढाइनेछ ।
काठमाडौँ । महाकाली र पूर्व–पश्चिम महेन्द्र राजमार्गको स्तरोन्नति तथा सडक सुरक्षा अभिवृद्धिका लागि साढे आठ करोड रुपैयाँभन्दा बढीको ठेक्का आह्वान गरिएको छ । सडक डिभिजन कार्यालय महेन्द्रनगरले विभिन्न सातवटा आयोजनाका लागि खुला प्रतिस्पर्धात्मक विद्युतीय बोलपत्र (इ–टेन्डर) आह्वान गरेको हो ।
सडक डिभिजन कार्यालय महेन्द्रनगरका अनुसार कञ्चनपुर र कैलाली क्षेत्रमा पर्ने राजमार्गका विभिन्न जीर्ण खण्डहरूको मर्मत–सम्भार, सडक स्तरोन्नति, ढलान (रिजिट पेभमेन्ट) तथा सडक सुरक्षाका पूर्वाधार निर्माणका लागि कुल ८ करोड ५४ लाख १९ हजार रुपैयाँ बराबरको अनुमानित लागतमा काम अघि बढाउन लागिएको हो ।
सार्वजनिक गरिएको बोलपत्र सूचना अनुसार महाकाली राजमार्ग (एनएच–६६) अन्तर्गत अत्तरिया खण्ड, गोपालेदेखि सहजपुर र गोदावरीदेखि फल्टुडेसम्मको सडक स्तरोन्नति गरिनेछ। जसमध्ये गोपाले–सहजपुर खण्डमा सडकलाई दिगो र मजबुत बनाउन ‘रिजिट पेभमेन्ट’ प्रविधि प्रयोग गरिनेछ । यसका साथै धनगढीदेखि फल्टुडेसम्मको ६८ किलोमिटर खण्डमा यात्रा सहज र सुरक्षित बनाउन सडक सुरक्षा सम्बन्धी काम गरिनेछ ।
यसैगरी पूर्व–पश्चिम महेन्द्र राजमार्ग (एनएच–०१) अन्तर्गत अत्तरियादेखि कञ्चनपुरको सीमावर्ती नाका गड्डाचौकीसम्मा सडक स्तरोन्नति र सुरक्षाका कामहरू अघि बढाइनेछ । अत्तरिया–गड्डाचौकी खण्डमा सवारी साधनको चाप र दुर्घटनाको जोखिमलाई ध्यानमा राख्दै सडक मर्मत र सुरक्षा पूर्वाधारका लागि छुट्टाछुट्टै दुईवटा ठेक्का आह्वान गरिएको छ । साथै, सडक डिभिजन कार्यालयका लागि आवश्यक निर्माण सामग्री आपूर्तिको काम समेत सोही बोलपत्रमार्फत गराइनेछ ।
कार्यालयले योग्य तथा इच्छुक निर्माण व्यवसायीहरूलाई सार्वजनिक खरिद अनुगमन कार्यालय (पीपीएमओ) को आधिकारिक वेबसाइटमार्फत विद्युतीय प्रणालीबाट मात्र बोलपत्र पेस गर्न आग्रह गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिहारमा विद्यार्थी आन्दोलन हिंसात्मक : प्रहरीद्वारा १० राउन्ड हवाई फायर, एसपी घाइते
-
इजरायली सेनाद्वारा वेस्ट ब्याङ्कमा आक्रमण : दर्जनौँ प्यालेस्टिनी पक्राउ
-
शिक्षामन्त्री प्रधानको राजीनामापछि जन्तर-मन्तरमा खुसीयाली (भिडियाे)
-
मुख्यमन्त्रीविरुद्ध दर्ता अविश्वासको प्रस्तावमाथि छलफल गर्न डाकिएको प्रदेशसभा बैठक बस्न ढिलाइ
-
नेपाल लोकतान्त्रिक भूतपूर्व प्रहरी सङ्घको अध्यक्षमा सिटौला मनोनित
-
पदत्याग गर्दै भारतीय शिक्षामन्त्री प्रधानले के भने ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण