कर्णालीमा बल्ल बस्यो एमाले संसदीय दलको बैठक, के गर्लान् मुख्यमन्त्री ?
सारांश
- सत्ता सङ्कटमा परे पनि कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले असार ३२ गतेदेखि एमाले संसदीय दलको बैठक बोलाएका थिएनन् ।
- कांग्रेस र नेकपाले मुख्यमन्त्री कँडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका थिए, जसको छलफल आज दिउँसो ३ बजे प्रदेश सभामा हुनेछ ।
- केन्द्रबाट कुनै निर्णय नआएमा र नेकपाले आफ्नो अडान यथावत् राखेमा मुख्यमन्त्री कँडेलले राजीनामा दिने वा मतदान मार्फत सत्ता गुमाउने सम्भावना छ ।
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले एमाले संसदीय दलको बैठक बोलाएका छन् । कँडेलले शनिबार १ बजेतिर संसदीय दलको बैठक बोलाएका हुन् ।
असार ३२ गतेदेखि सत्ता सङ्कटमा परे पनि मुख्यमन्त्री कँडेलले संसदीय दलको बैठक बोलाएका थिएनन् । कांग्रेस- नेकपाले उनीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका थिए ।
उक्त अविश्वासको प्रस्तावमाथि आज दिउँसो ३ बजेतिर प्रदेश सभामा छलफल हुनेछ । त्यसका लागि दिउँसो ३ बजे प्रदेश बैठक बोलाइएको छ । कँडेलले सभा बस्नुअघि संसदीय दलको बैठक बोलाएका हुन् ।
अहिले एमाले संसदीय दलको बैठक बसिरहेको एक सांसदले बताए । कांग्रेस र नेकपा हालसम्म पनि कँडेलविरुद्ध उभिएकाले उनको सरकार गुम्ने निश्चित जस्तै छ ।
यद्यपि, अझै पनि कँडेल केन्द्रको निर्णय कुरिरहेका छन् । केन्द्रमा ओली र प्रचण्डबिच भेट भइरहेकाले केही निर्णय आउन सक्ने प्रतीक्षामा मुख्यमन्त्री रहेको उनी निकट स्रोतले बतायो ।
यदि केन्द्रबाट कुनै निर्णय नआएको खण्डमा र नेकपाले आफ्नो अडान यथावत् राखेमा कँडेलले कि संसदबाट राजीनामा दिनेछन् नभए मतदान मार्फत सत्ता गुमाउने छन् । नेकपाको १४ र कांग्रेसको १५ सिट रहेको छ । कर्णालीमा सरकार बनाउन २० सिट आवश्यक पर्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारको मिडिया नीतिको विरोध गर्दै पत्रकार महासंघद्वारा माइतीघरमा प्रदर्शन
-
कारागारबाट फरार माझी पक्राउ
-
दिल्लीमा प्रदर्शनकारीमाथि भएको प्रहरी दमनको काठमाडौँबाट निन्दा
-
‘सिकाइका नाममा श्रम शोषण बन्द गर’
-
राष्ट्रिय किताबखानाको कार्यक्षेत्र विस्तार : प्रहरी र शिक्षक किताबखाना शाखाका रूपमा गाभिए
-
बिहारमा विद्यार्थी आन्दोलन हिंसात्मक : प्रहरीद्वारा १० राउन्ड हवाई फायर, एसपी घाइते
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण