आँधीको खतरा बढेपछि चीनमा २० हजारभन्दा बढी मानिस स्थानान्तरण, रेल सेवा स्थगित
गुआङडोङ । नुल आँधीको प्रभाव बढ्दै जाँदा भारी वर्षा र आँधीबेहरीको खतरा बढेकाले चिनियाँ अधिकारीहरूले दक्षिणी चीनका विभिन्न क्षेत्रबाट २० हजारभन्दा बढी मानिसलाई सुरक्षित स्थानमा स्थानान्तरण गरेका छन्।
यसका साथै रेल सेवाहरूसमेत स्थगित गरिएको चिनियाँ मिडियाले जनाएका छन्।
आँधीले शनिबार साँझदेखि आइतबार बिहानसम्ममा हङकङदेखि गुआङडोङ प्रान्तसम्म फैलिएको तटीय क्षेत्रमा अवतरण गर्ने पूर्वानुमान चीनको राष्ट्रिय मौसम विज्ञान विभागले गरेको छ।
गुआङडोङ र छिमेकी फुजियान प्रान्तका केही भागमा आँधीबेहरी र भारी वर्षा हुने चेतावनी जारी भएपछि शनिबार दोस्रो उच्चतम स्तरको ‘सुन्तला चेतावनी’ जारी गरिएको छ। गुआङडोङमा २० हजारभन्दा बढी मानिसलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको सरकारी टेलिभिजन सिसिटिभीले जनाएको छ। प्रान्तको समुद्रमा सञ्चालित माछा मार्ने जहाजहरू आँधीबेहरीबाट प्रभावित भएपछि शरण लिन बन्दरगाहहरूमा फर्केका छन्।
गुआङडोङले शनिबार केही रेल सेवाहरू स्थगित गरेको र प्रान्तका सबै रेल सेवाहरू आइतबार आँधीको प्रभाव रोकिएपछि पुनः सुचारु गरिने जनाइएको छ। गुआङडोङको चाओझोउ सहरका विद्यालय तथा क्याम्पसका गतिविधिहरू स्थगित गर्न निर्देशन दिइएको छ।
चरम मौसमले यस महिना दक्षिणी र मध्य चीनमा ठूलो विनाश गरेको छ। मेसाक आँधीले गुआङ्सीमा विनाशकारी बाढी निम्त्याउँदा ३९ जनाको मृत्यु भएको थियो। मेसाकले मध्य हुबेई प्रान्तमा आँधीबेहरी निम्त्याउँदा कम्तीमा ११ जनाको मृत्यु हुनुका साथै ३३१ जना घाइते भएका थिए।
जीवाश्म इन्धन उत्सर्जनका कारण ग्रहको तापक्रम बढ्दै जाँदा विश्वव्यापी रूपमा चरम मौसमी घटनाहरूको तीव्रता बढ्ने चेतावनी वैज्ञानिकहरूले दिएका छन्। चीन विश्वको सबैभन्दा ठूलो हरितगृह ग्यास उत्सर्जक हुनुका साथै विश्वव्यापी नवीकरणीय ऊर्जाको ठूलो केन्द्र पनि हो। चीनले सन् २०६० सम्ममा आफ्नो विशाल अर्थतन्त्रलाई कार्बन तटस्थ बनाउने लक्ष्य राखेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णालीमा नयाँ मुख्यमन्त्री नियुक्तिका लागि प्रक्रिया अघि बढ्यो, प्रदेश प्रमुखद्वारा आह्वान
-
सांसद पौडेलमाथि मसी प्रहारपछि गगन थापा : ‘असहमतिको उत्तर हिंसा होइन, लोकतान्त्रिक संवाद हो’
-
१० बजे १० समाचार : एमाले र नेकपाबिच ३ बुँदे सहमति, कर्णालीका मुख्यमन्त्रीले दिए राजीनामा
-
प्रश्नपत्र लिक भएपछि त्रिविमा हलचल : साइबर ब्युरोलाई पत्राचार, आइतबार बैठक आह्वान
-
विद्यार्थी कुटपिट गरी घाइते बनाएको आरोपमा शिक्षक पक्राउ
-
चितवनमा फैसला कार्यान्वयन प्रभावकारी हुँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण