'गौँथली'को आक्रामक व्यापारसँगै चम्किए अरुण
सारांश
- नायक अरुण क्षेत्रीको सोलो फिल्म 'गौँथली'ले बक्स अफिसमा राम्रो व्यापार गरिरहेको छ ।
- फिल्मले १० दिनमा करिब साढे ७ करोड ग्रस कलेक्सन गरेको छ र १० करोड क्लबमा प्रवेश गर्ने अनुमान छ ।
- फिल्मको सफलतापछि अरुणलाई आधा दर्जन फिल्मको अफर आएको छ र ठूला निर्माताहरू पनि उनीसँग काम गर्न इच्छुक देखिएका छन् ।
काठमाडौँ । फिल्म ‘महापुरुष’बाट उदाएका नायक हुन् अरुण क्षेत्री । लुक्स र अभिनयका कारण पहिलो फिल्मबाटै चर्चामा आएका उनलाई धेरैले उनी सम्भावना बोकेको नायकको रूपमा हेरेका थिए । अहिले उनी सोलो नायकको रूपमा रहेको फिल्म ‘गौँथली’ले बक्स अफिसमा धमाका मच्चाइरहेको छ । फिल्मको व्यवसायपछि उनको चर्चा चुलिएकाे छ ।
फिल्मले १० दिनमा करिब साढे ७ करोडको ग्रसन कलेक्शन गरिसकेको छ । फिल्म केही दिनमै १० करोड क्लबमा प्रवेश गर्ने अनुमान गर्न सकिन्छ । फिल्ममा अरुणले ‘ठुले’ पात्रको भूमिका निर्वाह गरेका छन् । फिल्ममा अटिजम भएको एक पुरुषको भूमिकामा अरुण शक्तिशाली देखिएका छन् । फिल्मको व्यापारमा अरुणको शक्तिशाली भूमिकाले निकै ठुलो काम गरेको छ ।
यसैले, आजका दिनमा अरुणको स्टारडम र अभिनय दुवैको तारिफ भइरहेको छ । दाङका अरुणलाई अहिले आधा दर्जन फिल्मको अफर आइसकेको छ । उनले मिडियासँगको भेटमा भने–‘गौँथलीपछि लगातार फिल्मको अफर आइरहेको छ । कथाहरू पढिरहेको छु । दर्शकको यो अथाह मायाले आफूमा अझै ठुलो जिम्मेवारी थपिएको महसुस भएको छ ।’
अरुणलाई लिएर फिल्म बनाउनका लागि ठुलो मेकरहरु समेत लालायित देखिएका छन् । अरुण दर्शकबाट आशा बढेकाले आगामी दिनमा अझै गम्भीर हुने बताउँछन् ।
फिल्म ‘गौँथली’ हेर्ने दर्शकले ‘ठुले’ पात्रले गरेको अभिनय, उसको प्रेमलाई मुक्तकण्ठले प्रशंसा गरिरहेका छन् । यो अरुणको ठुलो सफलता हो । नेपाली फिल्म क्षेत्रमा उत्कृष्ट अभिनय गर्ने नायकहरूको अभाव छ । यस्तो समयमा, अरुण अब शक्तिशाली रूपमा उदाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्यालयको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन
-
मुग्लिन-नारायणगढ सडकखण्डको खहरेमा सुक्खा पहिरो खस्याे, यातायात दुईतर्फी अवरुद्ध
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
सांसदले लालपुर्जा लिएर आउँछु भनेपछि मेयरको प्रश्न, ‘कुन कानुन टेकेर २० हजारलाई लालपुर्जा दिनुहुन्छ ?’
-
बाढी र पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग
-
सडककाे भित्तामा ठोक्किएर ट्रकमा आगलागी हुँदा चालकको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण