अपडेट
सुनको मूल्य तोलामा ४ हजार ३०० रुपैयाँ घट्यो, चाँदी पनि सस्तियो
मङ्गलबार, १२ साउन २०८३, १० : ४८
सारांश
- नेपाली बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ८४ हजार २०० रुपैयाँ कायम भएको छ।
- अघिल्लो दिनको तुलनामा सुनको मूल्य प्रतितोला चार हजार ३०० रुपैयाँले घटेको छ।
- त्यस्तै, चाँदीको मूल्य पनि प्रतितोला १३५ रुपैयाँले घटेर चार हजार ३१० रुपैयाँ कायम भएको छ।
काठमाडौँ । नेपाली सुनचाँदी व्यवसायी महासंघका अनुसार आज नेपाली बजारमा सुनको मूल्य उल्लेख्य रूपमा घटेको छ।
महासंघका अनुसार छापावाल सुनको मूल्य आज प्रतितोला दुई लाख ८४ हजार २०० रुपैयाँ कायम भएको छ। अघिल्लो दिन प्रतितोला दुई लाख ८८ हजार ५०० रुपैयाँ रहेको सुनको मूल्य आज चार हजार ३०० रुपैयाँले घटेको हो। त्यस्तै, १० ग्राम सुनको मूल्य दुई लाख ४३ हजार ६५५ रुपैयाँ निर्धारण गरिएको छ।
महासंघका अनुसार आज चाँदीको मूल्य पनि घटेको छ। अघिल्लो दिन प्रतितोला चार हजार ४४५ रुपैयाँ रहेको चाँदीको मूल्य आज प्रतितोला चार हजार ३१० रुपैयाँ कायम भएको छ।
यसअनुसार चाँदीको मूल्य प्रतितोला १३५ रुपैयाँले घटेको छ। १० ग्राम चाँदीको मूल्य तीन हजार ६९५ रुपैयाँ तोकिएको महासंघले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मोरङ जिल्लामा डिजेको प्रयोगमा पूर्ण प्रतिबन्ध
-
निर्वाचन प्रविधिमैत्री बनाउने र विदेशमा रहेका नेपालीलाई मताधिकार दिने प्रस्तावित आयुक्त वाग्लेको कार्ययोजना
-
एमालेभित्रै उठ्यो नेकपासँगको सहमतिमाथि प्रश्न
-
गत आर्थिक वर्षमा धनुषा र महोत्तरीमा ४० किलोमिटर कालोपत्र
-
सुनसरी घटनाको निष्पक्ष छानबिनको माग गर्दै सिरहामा प्रदर्शन, प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग
-
नारायणगढ–मुग्लिन सडक एकतर्फी सवारी सञ्चालन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण