मङ्गलबार, १२ साउन २०८३
ताजा लोकप्रिय

निजी अस्पतालहरूको सञ्चालक संस्थाले भन्यो: ओपीडी सेवा नचलाउनू

मङ्गलबार, १२ साउन २०८३, ११ : ५६
मङ्गलबार, १२ साउन २०८३

सारांश

  • निजी अस्पतालहरूको सञ्चालन संस्था एसोसिएसन अफ प्राइभेट हेल्थ इन्स्टिच्युट अफ नेपालले अस्पतालहरूमा ओपीडी सेवा सञ्चालन नगर्न आह्वान गरेको छ।
  • आकस्मिक (इमर्जेन्सी) बाहेकका अन्य सम्पूर्ण सेवाहरू बन्द गर्ने घोषणा गर्दै संस्थाले स्वास्थ्यकर्मी तथा स्वास्थ्य सुरक्षा सम्बन्धी ऐन २०६६ र त्यसको पहिलो संशोधन २०७९ लाई थप व्यवस्थित र संशोधन गरी पूर्ण रूपमा कार्यान्वयन गराउन माग गरेको छ।
  • सेवा बन्दका कारण सर्वसाधारण र बिरामीहरूमा पर्न जाने असुविधाप्रति क्षमा माग्दै अफिनले यस विषम परिस्थितिबाट सिर्जित अवस्था तथा उत्पन्न हुन सक्ने अन्य समस्याहरूको सम्पूर्ण जिम्मेवारी स्वयं नेपाल सरकारको हुने स्पष्ट पारेको छ।

काठमाडौँ । निजी अस्पतालहरूको सञ्चालन संस्था एसोसिएसन अफ प्राइभेट हेल्थ इन्स्टिच्युट अफ नेपालले अस्पतालहरूमा ओपीडी सेवा सञ्चालन नगर्न आह्वान गरेको छ । 

आज मंगलबार एक विज्ञप्ति जारी गर्दै देशभरका निजी स्वास्थ्य संस्थाका आकस्मिक (इमर्जेन्सी) बाहेकका अन्य सम्पूर्ण सेवाहरू बन्द गर्ने घोषणा गरेको हो। अफिनका केन्द्रीय तथा प्रादेशिक समितिहरूको निर्णयअनुसार आज साउन १२ गते देशैभरिका निजी स्वास्थ्य संस्थाहरूमा आकस्मिक बाहेकका सेवाहरू बन्द गर्न अनुरोध गरिएको हो।

 संस्थाका अध्यक्ष डा. पदम बहादुर खड्काले नेपाल चिकित्सक संघको आन्दोलनमा ऐक्यबद्धता जनाएको छ । 

विज्ञप्तिमा स्वास्थ्यकर्मी तथा स्वास्थ्य सुरक्षा सम्बन्धी ऐन २०६६ र त्यसको पहिलो संशोधन २०७९ लाई थप व्यवस्थित र संशोधन गरी पूर्ण रूपमा कार्यान्वयन गराउन नेपाल सरकारको गम्भीर ध्यानाकर्षण गराइएको छ।

 सेवा बन्दका कारण सर्वसाधारण र बिरामीहरूमा पर्न जाने असुविधाप्रति क्षमा माग्दै अफिनले यस विषम परिस्थितिबाट सिर्जित अवस्था तथा उत्पन्न हुन सक्ने अन्य समस्याहरूको सम्पूर्ण जिम्मेवारी स्वयं नेपाल सरकारको हुने स्पष्ट पारेको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप