नारायणगढ–मुग्लिन सडक एकतर्फी सवारी सञ्चालन
सारांश
- नारायणगढ–मुग्लिन सडक खण्डको मुग्लिन नजिकै खहरे खोलामा सुक्खा पहिरो गएपछि सडक अवरुद्ध भएको छ ।
- पहिरोका कारण दुईतर्फी ठप्प बनेको सडकमा हाल आपतकालीन र साना सवारी साधनलाई एकतर्फी रूपमा सञ्चालनमा ल्याइएको छ ।
- सडक डिभिजन कार्यालय भरतपुरले ३ वटा मेसिन प्रयोग गरी सडक खुलाउने प्रयास गरिरहेको छ ।
काठमाडौँ । नारायणगढ–मुग्लिन सडक खण्ड अन्तर्गत मुग्लिन नजिकै रहेको खहरे खोलामा सुक्खा पहिरो जाँदा सडक अवरुद्ध भएको सडक खुलाउने प्रयास भइरहेको छ ।
पहिरोका कारण दुईतर्फी नै ठप्प बनेको उक्त सडक खण्डमा हाल एकतर्फी रूपमा सवारी साधन सञ्चालनमा ल्याइएको छ ।
सडक डिभिजन कार्यालय भरतपुरका अनुसार मंगलबार बिहान पहिरो पन्छाएर आपतकालीन सेवाका सवारी साधन तथा साना सवारी साधनहरूलाई मात्र एकतर्फी रूपमा आवतजावत गर्न दिइएको छ ।
पहिरो हटाएर सडकलाई पूर्ण रूपमा दुईतर्फी सञ्चालनमा ल्याउनका लागि घटनास्थलमा ३ वटा मेसिन (स्काभेटर/डोजर) प्रयोग गरी तीव्र रूपमा काम भइरहेको छ ।
पहिरोका कारण मुख्य राजमार्गमा ठूलो संख्यामा सवारी साधन र यात्रुहरू बीच बाटोमै रोकिएका छन् । सडक डिभिजन भरतपुरले सडक खुलाउने प्रयास जारी रहेकाले रोकिएका सम्पूर्ण यात्रु तथा चालकहरूलाई धैर्य गरी प्राविधिक टोलीलाई सहयोग गर्न आग्रह गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मानव बेचबिखनको नयाँ स्वरूपलाई सम्बोधन गर्न ‘एन्टी साइबर स्क्याम सेल’ स्थापनाको तयारी
-
परीक्षाका क्रममा परीक्षार्थीलाई डिजिटल माध्यमबाट पूर्ण ‘ब्लक’ गर्नुपर्छ
-
छाडा पशु चौपायालाई ‘रिफ्लेक्टिङ बेल्ट’ लगाइँदै
-
सांसद पद्मा अर्यालको प्रश्न– निष्पक्ष निर्वाचन र विदेशमा मतदानको पूर्वाधार कसरी निर्माण गर्न सकिन्छ ?
-
किन दोहरिन्छन् देवानगन्ज घटनाहरू ?
-
सांसद दंगालको प्रश्न – संवैधानिक निकायका पदाधिकारीको कार्यसम्पादन मापनयोग्य कसरी बनाउने ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण