नारायणी अस्पतालका सबै चिकित्सकले दिए राजीनामा, आकस्मिक सेवा पनि बन्द
सारांश
- वीरगन्जस्थित नारायणी अस्पतालका सबै चिकित्सकहरूले शनिबार अस्पतालमा तोडफोड र आफूहरूमाथि कुटपिटको विरोधमा सामूहिक राजीनामा बुझाएका छन्।
- चिकित्सकहरूले प्रमुख जिल्ला अधिकारी र जिल्ला प्रहरी प्रमुखको राजीनामा तथा आक्रमणकारीमाथि कारबाहीको माग गरेका छन्।
- यस विरोधका कारण नारायणी अस्पतालको आकस्मिक सेवा बन्द भएको छ र देशभर ओपीडी सेवा पनि ठप्प भएको छ।
काठमाडौँ । वीरगन्जस्थित नारायणी अस्पतालका सबै चिकित्सकहरूले सामूहिक राजीनामा बुझाएका छन् । गएको शनिवार अस्पतालमा तोडफोड र चिकित्सकमाथि कुटपिटको विरोधमा उत्रिएका चिकित्सकहरूले सामूहिक राजीनामा बुझाएका हुन् ।
यस्तै, अस्पतालको आकस्मिक सेवा समेत बन्द भएको छ । चिकित्सकहरूले प्रमुख जिल्ला अधिकारी र जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षकको राजीनामा लगायतका माग राख्दै चिकित्सकहरू राजीनामा माग गरेका छन् । चिकित्सकमाथि आक्रमण गर्नेलाई कानुनी कारबाही गर्नुपर्ने उनीहरूको माग छ । यस्तै देशभर ओपीडी सेवा बन्द भएको छ । चिकित्सकहरूको आन्दोलनका कारण सेवा लिन पुगेका बिरामीहरू मारमा परेका छन् ।
नेपाल चिकित्सक सङ्घले वीरगन्जस्थित नारायणी अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीहरूमाथि भएको साङ्घातिक आक्रमण र जिल्ला प्रशासन कार्यालय पर्सामा भएको दुर्व्यवहारको विरोधमा आज (मंगलबार) देशभरका अस्पतालहरूमा आकस्मिक बाहेकका सम्पूर्ण सेवाहरू बन्द गर्ने घोषणा गरेको थियो ।
सङ्घले सोमबार एक प्रेस विज्ञप्ति जारी गर्दै आज मंगलबार देशभरका सरकारी, गैरसरकारी तथा निजी अस्पतालहरूमा आकस्मिक बाहेकका सबै सेवाहरू ठप्प पार्ने जानकारी गराएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाली कांग्रेसले विपद् व्यवस्थापनसम्बन्धी ३ दिने विशेष प्रशिक्षण आयोजना गर्ने
-
प्रेस स्वतन्त्रता र पत्रकार हितका लागि सरकारको ध्यानाकर्षण: प्रधानमन्त्रीलाई हुलाकबाटै सातबुँदे ज्ञापनपत्र
-
खरको छानामुक्त अभियानः ९२ हजारभन्दा बढी घरपरिवार जस्तापाताको छानामुनि
-
दुईतर्फी सञ्चालनमा आयो नारायणगढ-मुग्लिन सडक
-
मेहबुब आलमले एसियन लिजेन्ड्स लिग खेल्ने
-
सभामुख अर्यालद्वारा प्रमुख सचेतकहरूसँग छलफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण