मङ्गलबार, १२ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

काभा पुरुष भलिबल : पाँचौ स्थानका लागि भएको खेलमा पनि हार्‍यो नेपाल

मङ्गलबार, १२ साउन २०८३, १३ : १९
मङ्गलबार, १२ साउन २०८३

सारांश

  • पाकिस्तानमा जारी काभा पुरुष भलिबल च्याम्पियनसिपमा पाँचौ स्थानका लागि भएको खेलमा नेपाल कजाखस्थानसँग ३-० ले पराजित भएको छ ।
  • नेपाल काभा भलिबलमा लगातार छैटौं खेलमा पराजित भयो ।
  • यस प्रतियोगिताबाट नेपाल एफआईभीबीको विश्व वरियतामा समावेश भएको छ ।

काठमाडौँ । पाकिस्तानमा जारी काभा पुरुष भलिबल च्याम्पियनसिपमा पाँचौ स्थानका लागि भएको खेलमा नेपाल कजाखस्थानसँग ३–० को साझो सेटमा पराजित भएको छ ।

 नेपाल पहिलो सेटमा २५–१८, दोश्रो सेटमा २७–२५ र तेश्रो सेटमा २५–२० ले पराजित भयो ।
नेपाल काभा भलिबलमा लगातार छैटौं खेलमा पराजित भएको छ । नेपालले उद्घाटन खेलमा काजकिस्तानसँग ३–२, दोस्रो खेलमा श्रीलङ्कासँग पनि ३–२, तेस्रो खेलमा आयोजक पाकिस्तानसँग ३–०, चौथो खेलमा बङ्गलादेशसँग ३–२ र समूह चरणको अन्तिम खेलमा उज्वेकिस्तानसँग पनि ३–० को साझो सेटमा पराजित भयो ।

यस प्रतियोगिताबाट नेपाल एफआईभीबीको विश्व वरियतामा समावेश भएको छ । पहिलो खेल खेलेपछि नै ८३औं वरियतामा पुगेको नेपाल ६ खेलपछि अहिले १ सय नवौं वरियतामा रहेको छ ।
नेपालले लिग चरणमा ५ खेलमा ३ खेल पाँच सेटमा पुगेर पारजित हुँदा ३ अंक जोड्न सफल भएको थियो ।

 सबै खेलमा पराजय ब्यहोरेको नेपाल पुछारमा रहँदै प्रतियोगिताका टुङ्ग्याएको छ । प्रतियोगितामा आयोजक पाकिस्तान, उज्वेकिस्तान, बंगलादेश र श्रीलंका शीर्ष चारमा रहेर सेमिफाइनल पुगेका छन् । आजनै उज्वेकिस्तान र बंगलादेश तथा पाकिस्तान र श्रीलंकाबीच सेमिफाइनल खेल हुनेछ । 
६ टोली सहभागि प्रतियोगिताको  फाइनल खेल भोलि बुधवार हुनेछ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप