दलित तथा विपन्नका लागि ३६ हजारभन्दा बढी आवास निर्माण
सारांश
- जनता आवास कार्यक्रम अन्तर्गत दलित, विपन्न मुसलमान र सीमान्तकृत समुदायका लागि ३६ हजारभन्दा बढी सुरक्षित आवास निर्माण सम्पन्न भएको छ ।
- शहरी विकास तथा भवन निर्माण विभागका अनुसार यो कार्यक्रम राष्ट्रिय दलित आयोगको सूचीमा सूचीकृत समुदायलाई सुरक्षित आवास प्रदान गर्ने उद्देश्यले सञ्चालित छ ।
- कार्यक्रम अन्तर्गत कुल ५५ हजार ९७० आवास स्वीकृत भएकामा संघीय र प्रदेश सरकारमार्फत हालसम्म ३६ हजारभन्दा बढी घर निर्माण सम्पन्न भइसकेका छन् ।
काठमाडौँ । सरकारले सञ्चालन गरेको ‘जनता आवास कार्यक्रम’अन्तर्गत हालसम्म दलित, विपन्न मुसलमान तथा सीमान्तकृत समुदायका लागि ३६ हजारभन्दा बढी सुरक्षित आवास (घर) निर्माण सम्पन्न भएको छ ।
शहरी विकास तथा भवन निर्माण विभागकाअनुसार राष्ट्रिय दलित आयोगको सूचीमा सूचीकृत दलित, विपन्न मुसलमान, लोपोन्मुख तथा अति सीमान्तकृत जाति र समुदायलाई सुरक्षित आवासको व्यवस्था गर्ने उद्देश्यले यो कार्यक्रम सञ्चालन गरिएको हो ।
कार्यक्रमअन्तर्गत कुल ५५ हजार ९७० आवास सङ्ख्या स्वीकृत भएकोमा संघीय सरकारमार्फत आर्थिक वर्ष २०७४/७५ सम्म १७ हजार ३९ वटा घर निर्माण सम्पन्न भएका थिए । जसअनुसार आर्थिक वर्ष २०७५/७६ देखि २०७९/८० सम्ममा प्रदेश सरकारहरूबाट थप १९ हजार २८६ आवासको निर्माण कार्य सम्पन्न भइसकेको थियो ।
हालसम्म ३८ हजार ९३१ आवासको वित्तीय हस्तान्तरण प्रदेश तहमा गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
न्यायको माग गर्दै काठमाडौँमा सहकारी पीडितको प्रदर्शन
-
निर्वाचन आयोग सरकारको छायाबाट मुक्त हुन सकेको छैन: सांसद विष्ट
-
सुधन गुरुङलाई उपसभापति बनाउन रवि लामिछाने सकारात्मक
-
नेपाली कांग्रेसले विपद् व्यवस्थापनसम्बन्धी ३ दिने विशेष प्रशिक्षण आयोजना गर्ने
-
प्रेस स्वतन्त्रता र पत्रकार हितका लागि सरकारको ध्यानाकर्षण: प्रधानमन्त्रीलाई हुलाकबाटै सातबुँदे ज्ञापनपत्र
-
खरको छानामुक्त अभियानः ९२ हजारभन्दा बढी घरपरिवार जस्तापाताको छानामुनि
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण