घोडासहित ट्रेनमा चढे व्यक्ति, भाइरल भयो तस्बिर
ट्रेनमा तपाईंले घर पालुवा कुकुर, बिरालो वा अन्य साना जनावरलाई यात्रा गराएको देख्नुभएको होला । तर बुधबार अष्ट्रियामा एक व्यक्तिले आफ्नो घरपालुवा घोडालाई नै यात्रा गराएका छन् ।
एक व्यक्तिले आफ्नो फ्रिडा नामको घोडासँगै ट्रेनभित्र प्रवेश गरे जुन त्यहाँका अन्य यात्रीका लागि कौतुहलको विषय बन्यो । उनीहरुले घोडा र ती व्यक्तिको फोटो खिचेर सोसल मिडियामा राखे जुन एकाएक भाइरल भयो ।
यद्यपी, ती व्यक्तिले घोडासँग धेरैबेरसम्म यात्रा गर्न पाएनन् । एक समाचार एजेन्सीसँग कुरा गर्दै सरकारी रेल कम्पनी OeBB का प्रवक्ताले भने, ‘घोडासँग यसरी ट्रेनमा यात्रा गर्नु खतरनाक हुनसक्छ । ट्रेनमा यदि अचानक ब्रेक लगाइए घोडा यसको लागि कति तयार छ र त्यसपछि उसले कस्तो व्यवहार देखाउँछ, त्यो भन्न मुश्किल छ ।’
OeBB को गाइडलाइनका अनुसार ट्रेनमा ती जनावरलाई मात्र यात्रा गराउन सकिन्छ जसले कसैलाई पनि हानी नोक्सानी पुर्याउँदैन । साथै, जनावरलाई कुनै बाकस वा ब्यागमा राखेर पनि यात्रा गराउन सकिनेछ ।
घोडासँग यात्रा गरिरहेका ती व्यक्तिलाई दुई स्टेशनपछि नै ट्रेनबाट बाहिरिनका लागि आग्रह गरियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अदालतले तोकेका समयसीमाभित्र फैसला कार्यान्वयन हुन्छ : मन्त्री गौतम
-
अधिकार सुनिश्चित गर्न नीतिगत सुधार आवश्यक : सभापति बास्कोटा
-
पहिलो खेलपछि सबै विश्वकप टोलीहरूको वरीयता
-
‘परम्परागत गृह प्रशासनलाई डिजिटल रुपान्तरण गर्ने बजेटको लक्ष्य’
-
विपद् व्यवस्थापनसम्बन्धी सन्देशसहित कार्टुन प्रदर्शनी
-
विश्वकपमा केही खेलाडीको जर्सीमा देखिने विशेष प्याच के हुन् ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण