'प्लस टु' पढ्ने विद्यार्थीको कम्मरमा पेस्तोल !
काठमाडौं - ‘सर, बसुन्धाराको कसौडी खाजाघरमा पेस्तोल भिरेका दुई जना केटाहरु बसिरहेका छन्, उनीहरु कसैलाई गोली हान्ने कुरा गर्दै छन् ।’ स्थानीयले दिएको यो सूचना निकै गहकिलो थियो ।
शुक्रबार मध्यान्ह, यस्तो सूचना पाउनासाथ महानगरीय प्रहरी वृत महाराजगञ्जका डिएसपी भेषराज रिजालले आफ्नो विशेष टोली बसुन्धाराको कसौडी रेष्टुरेण्ट तर्फ पठाए ।
रेष्टुरेण्टमा बसेर गोली हान्ने कुरा गरिरहेका दुई युवालाई नियन्त्रणमा लिएर प्रहरीले बडी सर्च गर्दा एउटा पेस्तोल भेटियो । उक्त पेस्तोलमा लेखिएको थियो, ‘९ एमएम ग्रेटा, मेड ईन युएसए ।’
तर, सक्कली ‘नाईन एमएम ग्रेटा’ जस्तो देखिने उक्त पेस्तोल नक्कली रहेको काठमाडौं प्रहरीले जनाएको छ ।
‘सक्कली भन्ने सुचनाको आधारमा नियन्त्रणमा लिएका थियौं, तर नक्कली रहेछ’ महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख (एसएसपी) बसन्त लामाले भने, ‘पेस्तोल जस्तै देखिने बस्तु भिरेर आतंक सिर्जना गर्ने दुई विद्यार्थीलाई नियन्त्रणमा लिएका छौं ।’
प्रहरीले बसुन्धारास्थित साउथ वेस्टर्न कलेजमा कक्षा ११ मा पढ्ने १८ वर्षीय अभिषेक बराल र कक्षा १२ मा पढ्ने बिनोद गुरुङलाई पक्राउ गरेको छ ।
बसुन्धारास्थित यती पार्टी प्यालेसमा क्याम्पसको कार्यक्रम भईरहेको बेला बराल र गुरुङले नजिकैको रेष्टुरेण्टमा नक्कली पेस्तोल बोकेर गोली हान्ने कुरा गरेको बताईएको छ । प्रहरीले विनोद र अभिषेकले चढेको बा. ९२ प १७०८ नम्बरको स्कुटर पनि बरादम गरेको छ । घटनाबारे अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्विट्जरल्याण्ड र कोलम्बियाबिचको पहिलो हाफ गोलरहित बराबरी
-
युरोपमा नक्कली कन्डम आपूर्ति गर्ने सञ्जालको पर्दाफास
-
सुरु भयो स्वीट्जरल्याण्ड र कोलम्बियाबिचको खेल, कसले मार्ला बाजी ?
-
पोखरा–मुग्लिन सडक आयोजनाको चौथोपटक म्याद थप
-
मे महिनामा अमेरिकी व्यापार घाटा एक वर्षयताकै उच्च
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण