छात्रामाथि यौन दुर्व्यवहार गरेको आरोपमा प्रिन्सिपल पक्राउ
–प्रेम सुनार
बुटवल–बुटवलस्थित ज्ञानपुञ्ज सेकेन्डरी ईङ्गलिस बोर्डिङ स्कुलका प्रिन्सिपल आफ्नै विद्यालयका छात्रामाथि यौन दुव्र्यवहार गरेको आरोपमा पक्राउ परेका छन् । प्रिन्सिपल तोयाराम पौडेललाई अफैले पढाउने छात्रालाई यौन दुब्र्यबहार गरेको आरोपमा इलाका प्रहरी कार्यालय बुटवलले नियन्त्रणमा लिएको हो ।
पौडेलले आफ्नै स्कुलको होस्टेलमा बस्दै आएकी कक्षा १० मा अध्ययनरत एक छात्रामाथि दुव्र्यबहार गर्ने, गोप्य अङ्गहरु छुने, छात्राहरूलाई राती एक्लै बोलाएर बलात्कारको प्रयाससम्म गर्ने गरेको आरोप अभिभावक तथा स्थानीयले लगाएका छन् ।
होस्टेलमा बस्दै आएकी बुटवल ११ नहरपुरकी गुरुङ थर गरेकी एक छात्राले आफ्नो आमाबुबासँग प्रिन्सिपल पौडेलले गरेको दुब्र्यबहारका बारेमा बताएपछि विद्यालयमा स्थानीयले नाराबाजी गरेका छन् । उनीहरुले पौडेललाई कारबाहीको माग पनि गरेका छन् । आक्रोशित स्थानीयले विद्यालयमा तोडफोडको प्रयास गरेपछि ठुलो संख्यामा प्रहरी तैनाथ गरिएको छ ।
घटनाको अनुसन्धान गर्न बाँकीनै रहेको र विद्यालयका प्रिन्सिपललाई नियन्त्रणमा लिईएको वडा प्रहरी कार्यालय बुटवलका प्रहरी प्रमुख डिएसपी डिल्ली मल्लले जानकारी दिए । विद्यालयमा १ हजारभन्दा वढी विद्यार्थी अध्ययनरत छन् ।
आरोपित पौडेलले भने आफुलाई फसाउने षडयन्त्र गरिएको भन्दै आफुले कसैलाई पनि दुव्र्यवहार नगरेकोे प्रतिक्रिया दिए । ‘यो गलत कुरा हो, अभिभावकहरुले विद्यालयमा कुनै गुनासो गरेका छैनन्, केही मान्छेहरुको उक्साहटमा यस्तो भएको हो, म अहिले इलाका प्रहरी कार्यालयमा छु’ उनले भने । डिएसपी मल्ले शिक्षकलाई नियन्त्रणमा लिएको भन्दै निष्पक्ष छानविन गर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अन्य महत्त्वपूर्ण समुद्री मार्ग पनि बन्द गर्ने इरानको चेतावनी
-
बागमतीमा कांग्रेस–एमाले सत्ता गठबन्धनभित्र उकसमुकुस, के होला सरकार ?
-
एमालेले फिर्ता लियो सुदूरपश्चिम सरकारलाई दिएको समर्थन
-
टी–२० विश्वकप २०२८ः नेपाल सीधै ग्लोबल क्वालिफायरमा, यस्तो छ नयाँ छनोट प्रक्रिया
-
ओलीले भेट्न नचाहेपछि बिच्कियो कांग्रेस, प्रदेशमा एमालेसँगको सहकार्य तोड्ने
-
अमेरिका भ्रमणमा जाँदै इजरायली प्रधानमन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण