बाँकेमा ६ वर्षीया बालिका बलात्कृत
बुटवल–१५ । प्रदेश ५ को रुपन्देहीमा ६ वर्षीया बालिकामाथि बलात्कार भएको एक हप्ता नबित्दै यसै प्रदेशको बाँके जिल्लामा अर्की ६ वर्षीया बालिाका बलात्कृत भएको समाचार प्राप्त भएको छ ।
कोहलपुरर ईलाका प्रहरी कार्यालय प्रमुख डिएसपी रमेशबहादुर सिंहका अनुसार मंलवार दिउँसो कोहलपुर नगरपालिका–१ की ६ वर्षीया वालिका बलात्कृत भएकी हुन् ।
भारत उत्तर प्रदेश रायबरेली घर भई हाल कोहलपुर नगरपालिका ४ मदनचोक बस्दै आएका १९ वर्षीय हारुन खानले ती बालिकालाई बलात्कार गरेको डिएसपी सिंहले बताए ।
कोहलपुर– ३ मा घुम्तीमा किराना पसल गर्दै बालिकाकी आमासँग रहेकी बालिकालाई घरमा पुर्याइदिने बहानामा खानले साइकलमा राखेर आफ्नो घरमा लगेर बलात्कार गरेको उनको भनाई छ ।
बलात्कारमा परेकी बालिकाको योनीबाट रगत बगेकोले उपचारका लागि कोहलपुरस्थित मेडिकल कलेजमा भर्ना गरिएको छ ।
बलात्कारका आरोपी खानलाई नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरिएको डिएसपी सिंहले जनाएका छन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमतीमा कांग्रेस–एमाले सत्ता गठबन्धनभित्र उकसमुकुस, के होला सरकार ?
-
एमालेले फिर्ता लियो सुदूरपश्चिम सरकारलाई दिएको समर्थन
-
टी–२० विश्वकप २०२८ः नेपाल सीधै ग्लोबल क्वालिफायरमा, यस्तो छ नयाँ छनोट प्रक्रिया
-
ओलीले भेट्न नचाहेपछि बिच्कियो कांग्रेस, प्रदेशमा एमालेसँगको सहकार्य तोड्ने
-
अमेरिका भ्रमणमा जाँदै इजरायली प्रधानमन्त्री
-
साउन १ देखि वन्यजन्तु जोखिम केन्द्रित बीमालेख लागू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण