गुण्डा नाइके दावा लामाविरुद्ध ‘फेक करेन्सी’को अभियोग, कलकत्ता प्रहरीले अनुसन्धान गर्दै
काठमाडौं– नेपाल प्रहरीको ‘क’ श्रेणीको गुण्डाको सूचीमा रहेका दावा लामालाई भारतीय प्रहरीले ‘फेक करेन्सी’मा अनुसन्धान शुरु गरेको छ ।
शनिवार दुबईबाट नेपाल फर्कने क्रममा दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका काभ्रेली समूहका दावामाथि कलकत्ता प्रहरीले अनुसन्धान शुरु गरेको सुरक्षा अधिकारीहरुले पुष्टि गरेका छन् ।
सुरक्षा स्रोतका अनुसार कलकत्ता प्रहरीको आग्रहमा पक्राउ परेका दावालाई दिल्लीबाट कलकत्ता लगिएको छ ।
‘कलकत्ता प्रहरीमा नक्कली भारतीय रुपैयाँ कारोबार गरेकोबारे एफआईआर (प्राथमिक सूचना रिपोर्ट) दर्ता भएको रहेछ’ नेपालस्थित एक उच्च सुरक्षा अधिकारीले भने, ‘अहिले दावामाथि कलकत्ता प्रहरीले अनुसन्धान गरिरहेको सूचना आएको छ ।’
समाचार स्रोतहरुका अनुसार कलकत्ता प्रहरीले ‘फेक करेन्सी’ मुद्दामा दावालाई ‘मोस्ट वाण्टेड’ सूचीमा राखेको थियो । अभियोग पुष्टि भएमा दावालाई भारतीय कानुन अनुसार कारवाही हुनेछ ।
यो पनि पढ्नुहोस्ः
गुण्डा नाइके दावा लामा भारतमा पक्राउ !
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युरोपमा नक्कली कन्डम आपूर्ति गर्ने सञ्जालको पर्दाफास
-
सुरु भयो स्वीट्जरल्याण्ड र कोलम्बियाबिचको खेल, कसले मार्ला बाजी ?
-
पोखरा–मुग्लिन सडक आयोजनाको चौथोपटक म्याद थप
-
मे महिनामा अमेरिकी व्यापार घाटा एक वर्षयताकै उच्च
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
-
प्रधानमन्त्री शाह भक्तपुरको नवदुर्गा देवगण मन्दिरमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण