जब प्रहरीले नै हेलिप्टरबाट बनायो जोडीको सेक्स टेप
बिबिसी
लण्डन – वेलायतमा एउटा अनौठो प्रकरण बाहिर आएको छ । प्रहरीको हेलिकप्टरबाट आफ्नो घरको बगैचामा सेक्स गरिरहेका जोडीको भिडियो बनाएको घटना अदालतसम्म पुगेको छ ।
यस मामिलामा बेलायतको दक्षिणी योर्कशायरका दुई प्रहरी अधिकारी र दुई पाइलटविरुद्ध शेफिल्डको क्राउन कोर्टमा सुनवाई शुरु भएको छ ।
आरोपित म्याथ्यु लुकास (४२), ली वाल्स (४७), म्याथ्यु लुसेमोर (४५) र मलकोम रिव्स (६४) ले भने सरकारी सामग्रीको दुरुपयोग नगरेको बताएका छन् ।
ती जोडी आफ्नो घरको बगैचामा नग्न भएर यौनक्रिडामा लिप्त हुँदा प्रहरीको हेलिकप्टरबाट फिल्म बनाइएको थियो ।

चार जनाले आफूमाथिको आरोप अस्वीकार गरेपनि पाँचौ आरोपी अधिकारी एड्रियन पोगमोरेले भने यस मामिलामा आफूहरुले सरकारी सामग्रीको दुरुपयोग गरेको स्वीकार गरेका छन् ।
जाँच अधिकारी रिचर्ड नाइटले हेलिकप्टरका चालकले उच्च प्रविधिको भिडियो क्यामाराबाट भिडियो खिचेको र यो व्यक्तिगत जीवनको उल्लघंन भएको बताए ।
पीडित महिलाले यस घटनाले आफूहरुलाई ठूलो आघात पुगेको अदालतमा बयान दिएकी छिन् ।
सन् २०१२ मा पनि यस्तै घटना बाहिर आएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
केप भर्डेका डिफेन्डर सिड्नी लोपेज काब्रालले अर्को खेल गुमाउने
-
स्पेनलाई रोकेर विश्वलाई चकित पारेको केप भर्डे आज उरुग्वेसँग भिड्दै
-
यान्त्रिक हलो अभावले किसानलाई धान रोप्न समस्या
-
बेल्जियम र इरानको संघर्षपूर्ण बराबरी
-
बेल्जियमलाई झड्का: नाथन एनगोयले रातो कार्ड पाउँदा टोली १० खेलाडीमा सीमित
-
मेसीको रेकर्ड तोड्दै लामिन यामलको ऐतिहासिक गोल: बने विश्वकप इतिहासकै ८ औँ कान्छा गोलकर्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण