गौरा पर्व मनाउने क्रममा नाच्दानाच्दै ढलेर एक महिलाको मृत्यु
मङ्गलबार, १९ भदौ २०७५, ०९ : २३
बुटवल । गौरा पर्व मनाउने क्रममा नाच्दै गर्दा ढलेकी एक महिलाको मृत्यु भएको छ ।
गुल्मीको रेसुङ्गा नगरपालिका वडा नम्बर ६ मा यसपालीको श्रीकृष्ण जन्माष्टमीको दोश्रो दिन रथ यात्रा निकालिएको थियो ।
सवै जना निकै उल्लासमा थिए । त्यो उल्लास क्षणभर मै रोदनमा परिणत भयो । सोही वडा चेक्मी गाउँकी देवी मरासीनी नाच्दानाच्दै दिउँसो करिब ४ बजेतिर एक्कासी भुइँमा ढलिन् ।
चक्कर आएर होला भनेर उनलाई पानीले छ्याप्ने र पिलाउने गरे । उनको होस नआएपछि उपचारका लागि तम्घास अस्पताल ल्याउँदै गर्दा उनको बाटैमा मृत्यु भयो ।
६१ वर्षीया मरासनीका श्रीमान जीवलाल मरासीनी, ३ छोेरी र एक छोरा रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अन्य महत्त्वपूर्ण समुद्री मार्ग पनि बन्द गर्ने इरानको चेतावनी
-
बागमतीमा कांग्रेस–एमाले सत्ता गठबन्धनभित्र उकसमुकुस, के होला सरकार ?
-
एमालेले फिर्ता लियो सुदूरपश्चिम सरकारलाई दिएको समर्थन
-
टी–२० विश्वकप २०२८ः नेपाल सीधै ग्लोबल क्वालिफायरमा, यस्तो छ नयाँ छनोट प्रक्रिया
-
ओलीले भेट्न नचाहेपछि बिच्कियो कांग्रेस, प्रदेशमा एमालेसँगको सहकार्य तोड्ने
-
अमेरिका भ्रमणमा जाँदै इजरायली प्रधानमन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण