नर्सरी स्कूलको उद्घाटन कार्यक्रममा पोल डान्सः अभिभावक रुष्ट, हंगामा
चीनको एउटा नर्सरी स्कूलको स्वागत कार्यक्रममा पोल डान्सरको प्रस्तुतीपछि सोसल मिडियामा हंगामा भएको छ ।
साउदर्न मेट्रोपोलिस डेली न्यूजपेपरका अनुसार सेप्टेम्बर तीन तारिखमा सिनसाहुई किन्डरगार्टेनको उद्घाटन समारोहमा बालबालिका र अभिभावकलाई बोलाइएको थियो ।
उक्त कार्यक्रममा छोटो लुगा लगाएका महिलाहरुको नृत्य प्रस्तुत गरिएको थियो । हद त त्यतिबेला पार भयो जब कार्यक्रममा पोल डान्स गरियो ।
पोल डान्स गरिरहेको दृश्य सार्वजनिक भएपछि अनलाइनमा हंगामा भएको छ । माइक्रोब्लग सिना वेबोमा मानिसहरुले विभिन्न प्रतिक्रिया दिएका छन् ।
‘स्कूलका प्रधानाध्यापकले के मात्र सोचेका हुन्, मलाई जान्ने पटक्कै इच्छा छैन, ’ एक वेबो प्रयोगकर्ताले भने । अर्काले थपे, ‘किन्डरगार्टेनका लागि यस्तो डान्स, अविश्वसनीय ।’
यस्तै, अर्काले भने, ‘नर्सरीका बच्चाहरुलाई ज्ञान दिनुपर्छ तर यतिधेरै ज्ञान पनि होइन ।’
रुष्ट अभिभावकः
अनलाइनमा उक्त घटनाको निकै खिल्ली उडाइएको छ । साउदर्न मेट्रोपोलिस डेलीका अनुसार स्कूलको यस्तो कार्यक्रमले आफ्नो बच्चाहरुमा दीर्घकालीन प्रभाव पार्ने धेरै अभिभावको चिन्ता छ । कति अभिभावकले आफ्ना बच्चालाई त्यहाँ नपढाउने निर्णयसमेत गरिसकेका छन् ।
‘किन्डरगार्टेनमा पोल डान्सरको प्रस्तुतीले त्यहाँका स्कूलका शिक्षक–शिक्षिकाको बौद्धिक स्तर कस्तो छ भन्ने दर्साउँछ, ’ एक अभिभावकले मोबाइल मेसेन्जर विच्याटमा भने ।
अर्का अभिभावक एक्सपाट माइकल स्ट्यान्डाइर्ट भन्छन्, ‘मलाई लाग्छ कि यो राम्रो विचार हो । हामी हाम्रा बच्चाहरुलाई स्कूलबाट निकाल्दै छौं र ट्युशन फिस फिर्ता माग्दैछौं ।’
सिसिटिभीका अनुसार स्थानीय बाओन एजुकेशन ब्यूरोले स्कूललाई यसका लागि माफी माग्न आदेश दिएको छ । साथै स्कूलका प्रधानाध्यापकलाई बर्खास्त गर्दै घटनाको छानविन गर्न आदेश दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अदालतले तोकेका समयसीमाभित्र फैसला कार्यान्वयन हुन्छ : मन्त्री गौतम
-
अधिकार सुनिश्चित गर्न नीतिगत सुधार आवश्यक : सभापति बास्कोटा
-
पहिलो खेलपछि सबै विश्वकप टोलीहरूको वरीयता
-
‘परम्परागत गृह प्रशासनलाई डिजिटल रुपान्तरण गर्ने बजेटको लक्ष्य’
-
विपद् व्यवस्थापनसम्बन्धी सन्देशसहित कार्टुन प्रदर्शनी
-
विश्वकपमा केही खेलाडीको जर्सीमा देखिने विशेष प्याच के हुन् ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण