स्वयम्भुको जंगलमा २२ वर्षिय युवकको शव भेटियो
गुल्मी– बाग्लुङ्गका एक युवाको शव शीर छेदन गरी हत्या गरिएको अवस्थामा काठमाडौंमा शव फेला परेको छ । बुर्तिङ्गबाङ्ग घर भई काठामाडौंको सानो भर्याङ्गमा हजुरबुवा र हजुर आमासँग बस्दै आएका २२ वािर्षय संगिन जिसीको शव स्वयम्भुको जंगलमा भेटिएको महानगरीय प्रहरी परिसर टेकुले जनाएको छ ।
मृतक जिसी रक्षाबन्धनको दिन दिउँसो २ बजेतिर घुम्न जान्छु भन्दै हिडेका थिए । फोन स्वीचअफ भएसँगै उनी घर नआएपछि अर्को दिन उनका हजुर बुवाले महानगरीय प्रहरी वित्तमा खोजीका लागि निवेदन दिएका थिए ।
भदौ १७ गतेका दिन बालबालिकाहरुले स्वयम्भु जंगलमा शव देखेपछि प्रहरीलाई खवर गरिएको थियो । महानगरिय प्रहरी प्रहरी वृृत्तका प्रहरी नायव उपरिक्षक होन्द्रि बोगटीले परिवारले दिएको हुलियाका अधारमा जिसीको कपडा र चप्पल परिचान भएको जानकारी दिए ।
मृतकका बाबु मिनबहादुर जिसीले छोराको हत्या नियोजित ढंगले भएको दाबी गरेका छन् । उनले हत्यारालाई कानुनी दायरामा ल्याउन माग समेत गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अन्य महत्त्वपूर्ण समुद्री मार्ग पनि बन्द गर्ने इरानको चेतावनी
-
बागमतीमा कांग्रेस–एमाले सत्ता गठबन्धनभित्र उकसमुकुस, के होला सरकार ?
-
एमालेले फिर्ता लियो सुदूरपश्चिम सरकारलाई दिएको समर्थन
-
टी–२० विश्वकप २०२८ः नेपाल सीधै ग्लोबल क्वालिफायरमा, यस्तो छ नयाँ छनोट प्रक्रिया
-
ओलीले भेट्न नचाहेपछि बिच्कियो कांग्रेस, प्रदेशमा एमालेसँगको सहकार्य तोड्ने
-
अमेरिका भ्रमणमा जाँदै इजरायली प्रधानमन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण