एक करोडले हेरे ‘छक्का पञ्जा ३’ को ‘पहिलो नम्बरमा’
काठमाडौं – दीपाश्री निरौला निर्देशित चलचित्र ‘छक्का पञ्जा ३’ को ‘पहिलो नम्वरमा’ गीतले युट्युवमा नयाँ रेकर्ड बनाएको छ । यो गीतले छोटो समयमा एक करोड बढी दर्शक पाएर रेकर्ड बनाएको हो । दीपक शर्माको संगीत र राजेन्द्र थापाको शब्द रहेको गीतमा डेविड शंकर र विन्दु परियारको स्वर रहेको छ । गीतले करोड दर्शक पाएको उपलक्ष्यमा निर्माण युनिटले केक काट्दै खुसी साटेको छन् ।
दीपाश्री निरौला र निर्माता तथा कलाकार दीपकराज गिरीको समुहले बिहिबार रेडियो अडियोमा एक कार्यक्रमका बीच खुसी साटेका हुन् । संगीतकार दीपक शर्माको जन्मदिन पनि बिहिबारै परेकाले टिमले कार्यक्रममा योे खुसी समेत मनाएको छ ।
‘छक्का पञ्जा ३’ मा दीपकराज, दीपिका प्रसाईं, केदार घिमिरे, जितु नेपाल, बुद्धि तामाङ, प्रियंका कार्की, संजोग कोइराला लगायतको अभिनय देख्न सकिन्छ । अभिनेत्रीद्वय बर्षा राउत र स्वस्तिमा खड्काले भने चलचित्रको ‘पहिलो नम्बरमा’ बोलको गीतमा मात्रै कम्मर मर्काएका छन् । चलचित्र दशैंमा रिलिज हुँदैछ । ‘छक्का पञ्जा ३’ को अर्को गीत आगामी साता आउँने निर्देशक निरौलाले बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय परिचयपत्र आफैँले डाउनलोड गर्न सकिने
-
कङ्गोमा ८०८ जनामा इबोलाको सङ्क्रमण पुष्टि, मृत्यु हुनेको सङ्ख्या १९२ पुग्यो
-
मस्कोको तेल प्रशोधन केन्द्रमा एक सातापछि अर्को आक्रमण
-
इङ्ग्ल्यान्डको विश्वकप नकआउट चरण लगभग पक्का !
-
प्रतिनिधि सभाबाट पारित भयो विनियोजन विधेयक
-
सांसद हर्क साम्पाङको लाइसेन्स स्वतः रद्द भइसकेको फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण