बुधबार, ०९ जेठ २०८१
ताजा लोकप्रिय

एक करोडले हेरे ‘छक्का पञ्जा ३’ को ‘पहिलो नम्बरमा’

बिहीबार, २१ भदौ २०७५, १९ : १२
बिहीबार, २१ भदौ २०७५

काठमाडौं – दीपाश्री निरौला निर्देशित चलचित्र ‘छक्का पञ्जा ३’ को ‘पहिलो नम्वरमा’ गीतले युट्युवमा नयाँ रेकर्ड बनाएको छ । यो गीतले छोटो समयमा एक करोड बढी दर्शक पाएर रेकर्ड बनाएको हो । दीपक शर्माको संगीत र राजेन्द्र थापाको शब्द रहेको गीतमा डेविड शंकर र विन्दु परियारको स्वर रहेको छ । गीतले करोड दर्शक पाएको उपलक्ष्यमा निर्माण युनिटले केक काट्दै खुसी साटेको छन् ।

दीपाश्री निरौला र निर्माता तथा कलाकार दीपकराज गिरीको समुहले बिहिबार रेडियो अडियोमा एक कार्यक्रमका बीच खुसी साटेका हुन् । संगीतकार दीपक शर्माको जन्मदिन पनि बिहिबारै परेकाले टिमले कार्यक्रममा योे खुसी समेत मनाएको छ ।

‘छक्का पञ्जा ३’ मा दीपकराज, दीपिका प्रसाईं, केदार घिमिरे, जितु नेपाल, बुद्धि तामाङ, प्रियंका कार्की, संजोग कोइराला लगायतको अभिनय देख्न सकिन्छ । अभिनेत्रीद्वय बर्षा राउत र स्वस्तिमा खड्काले भने चलचित्रको ‘पहिलो नम्बरमा’ बोलको गीतमा मात्रै कम्मर मर्काएका छन् । चलचित्र दशैंमा रिलिज हुँदैछ । ‘छक्का पञ्जा ३’ को अर्को गीत आगामी साता आउँने निर्देशक निरौलाले बताइन् ।
 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप