ललितपुरको सिरियल सिक्री लुटेरा पक्राउ, डेरामा सुन तौलने डिजीटल मेशिन
काठमाडौं । महानगरीय प्रहरी प्रभाग मंगलबजारमा चार दिनअघी एक महिला आफ्नो सिक्री लुटिएको उजुरी लिएर पुगिन् ।
युएन पार्कमा बा. ४५ प ४७६९ नम्बरको स्कुटरमा सवार दुई युवाले सिक्री लुटेको सूचना पाएसँगै प्रभाग मंगलबजारका इन्स्पेक्टर केशर न्यौपानेले उक्त नम्बरको स्कुटरमाथि निगरानी बढाए ।
बिहिबार मंगलबजार प्रहरीको चेकजाँचका क्रममा पाटन गावाहलमा सोही नम्बरको स्कुटर प्रहरीको आँखा अगाडी नै आइपुग्यो । अपर्झट प्रहरीको चेकिङ देखेपछि स्कुटर पछाडी सवार युवा भाग्न सफल भएपनि चालक र स्कुटर प्रहरीले नियन्त्रणमा लियो ।
प्रहरी अनुसन्धानका क्रममा सोही स्कुटरमा सवार दुई युवाहरु ललितपुर–१६ ईखालखु घर भएका शैलेश ताम्राकार र ललितपुर–१७ लुखुशी बस्ने लोलिन महजर्न सुनको सिक्री लुटेरा रहेको खुलेको छ ।
विगत एक महिनादेखि पुल्चोक, मंगलबजार, युएनपार्क तथा ग्वार्को क्षेत्रमा सिक्री लुटपाटका घट्ना बढेपछि त्यस्ता गिरोहबारे ललितपुर प्रहरीले निगरानी बढाएको थियो ।
‘शृंखलाबद्ध रुपमा एक महिनादेखि सिक्री लुटपाट गर्ने कार्यमा शैलेश ताम्राकार र लोलिन महजर्न संलग्न रहेको खुलेको छ’ महानगरीय प्रहरी परिसर ललितपुरका प्रवक्ता (डिएसपी) नरेन्द्र चन्दले भने, ‘दुवैलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेका छौँ ।’
शैलेस र लोलिनको मंगलबजारस्थित संयुक्त कोठा सर्च गर्दा प्रहरीले ५ थान लुटेको सिक्री र सुन तौलने डिजीटल चराजु समेत फेला पारेको छ ।
दुई थान सिक्री स्कुटर चलाईरहेको अवस्थामा फेला पारेको र अन्य ३ थान बंगलामुखी स्थित एक सुन पसलेलाई राख्न दिएको अवस्थामा लुटिएको सिक्री बरामद गरेको प्रहरीले जनाएको छ ।
सिक्री लुटेराहरुले चोरीको स्कुटर प्रयोग गर्ने गरेको पाइएको छ । फरक–फरक नम्बर प्रयोग गरेर चलाउँदै आएका दुईवटा स्कुटर प्रहरीले बरामद गरेको छ । लुटेराहरुको कोठामा दुईओटा एक्स्ट्रा नम्बर प्लेट समेत फेला परेको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्विट्जरल्याण्ड र कोलम्बियाबिचको पहिलो हाफ गोलरहित बराबरी
-
युरोपमा नक्कली कन्डम आपूर्ति गर्ने सञ्जालको पर्दाफास
-
सुरु भयो स्वीट्जरल्याण्ड र कोलम्बियाबिचको खेल, कसले मार्ला बाजी ?
-
पोखरा–मुग्लिन सडक आयोजनाको चौथोपटक म्याद थप
-
मे महिनामा अमेरिकी व्यापार घाटा एक वर्षयताकै उच्च
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण