तीजमा महिलाद्वारा महिलाको निर्मम हत्या
बिहीबार, २८ भदौ २०७५, १० : ५६
म्याग्दी– दिदीबहिनीबीच दुःखसुख साट्ने हरितालिका तीजमा महिलाद्वारा महिलामाथि जघन्य प्रकारको हिंसाको खबरले म्याग्दी जिल्लामा सन्नाटा छाएको छ ।
मंगलबार दर खाने दिनमा म्याग्दीको मालिका गाउँपालिका वडा नम्वर–१ निस्कोट बस्ने ४५ वर्षीया लक्ष्मीदेवी पटेलले छिमेकी बुहारी नाता पर्ने ३० वर्षीया लोकमाया पटेललाई हत्या गरेकी छन् ।
ती महिलाले मंगलबार साँझ बाटो हिँडेकी बुहारीलार्इ बञ्चरो प्रहार गरी हत्या गरेको र अभियुक्त महिलालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक लोकबहादुर गुरुङ्गले जानकारी दिए ।
हत्याको कारण खुल्न बाँकी रहेको गुरुङ्गले बताए । अभियुक्तले मृतकको टाउकोमा बञ्चरो प्रहार गर्दा लोकमायाको घटनास्थलमै मृत्यु भएको थियो ।
लक्ष्मीलाई प्रहरीले पक्राउ गरी नियन्त्रणमा लिई अनुसन्धान अगाडी बढाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अन्य महत्त्वपूर्ण समुद्री मार्ग पनि बन्द गर्ने इरानको चेतावनी
-
बागमतीमा कांग्रेस–एमाले सत्ता गठबन्धनभित्र उकसमुकुस, के होला सरकार ?
-
एमालेले फिर्ता लियो सुदूरपश्चिम सरकारलाई दिएको समर्थन
-
टी–२० विश्वकप २०२८ः नेपाल सीधै ग्लोबल क्वालिफायरमा, यस्तो छ नयाँ छनोट प्रक्रिया
-
ओलीले भेट्न नचाहेपछि बिच्कियो कांग्रेस, प्रदेशमा एमालेसँगको सहकार्य तोड्ने
-
अमेरिका भ्रमणमा जाँदै इजरायली प्रधानमन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण