अन्तिम समयमा यी महिलासँग लिभ–इनमा बसेका थिए राजेश खन्ना, सम्पत्तिमाथि हक जताएकी थिइन्
राजेश खन्नाको मृत्यु भएको पाँच वर्ष (सन् २०१२, जुलाई १८ तारिख) भएको छ । हुन त राजेश खन्नाकी श्रीमती डिम्पल कपाडिया हुन् तर डिम्पलका साथै उनको जीवनमा अन्य महिलाको पनि प्रवेश रह्यो । यसमध्ये एक थिइन् टिना मुनिम र दोस्रो अनिता आडवाणी । जब डिम्पल र टिनाले उनको साथ छोडे तब अन्तिम समयमा उनलाई अनिताले साथ दिइन् । अनिताले राजेशको मृत्यु भएपछि उनको सम्पत्तिमाथि पनि हक जताएकी थिइन् तर उनले केही पनि पाइनन् ।
बिग बस सेभेनकी प्रतिस्पर्धी हुन् अनिताः
रियालिटी शो बिग बसकी प्रतिस्पर्धी अनिता आडवाणीले एक अन्तर्वार्तामा उनी बाल्यकालदेखि नै राजेश खन्नाको फ्यान भएको बताएकी थिइन् । उनले भनेकी थिइन्, ‘म जयपूरमा आफ्नो स्कूलिङ गरिरहेकी थिएँ त्यसकारण छुट्टी बिताउन मुम्बई आएकी थिएँ । एक पारिवारिक साथीसँग म महबूब स्टूडियो गएँ । हामी त्यहाँ पुग्नेबित्तिकै उनको कार त्यहाँबाट निस्कने क्रममा थियो त्यसकारण हामीले उनको कारको पिछा गर्दै उनको घरसम्म पुग्यौं । मेरा ती साथीको उनीसँग राम्रो सम्बन्ध भएकाले उनको घरभित्र जाने अनुमती पायौं । हामीलाई चिया दिइयो । राजेश खन्ना हामीसँगै बसेर कुराकानी गरे । उनले मसँग मेरो नम्बर मागे र मलाई फोन गर्ने बताए । उनले मलाई फिल्मको सुटिङमा आउन पनि आग्रह गरे । म निकै खुसी थिएँ ।’
अनिताले अन्तर्वार्तामा भनेकी थिइन्, ‘म उनको प्रेममा परिसकेको थिएँ । उनले मेरो निकै केयर गर्दथे । उनी मसँग जसरी बोल्दथे म उनीप्रति झन् आकर्षित हुन्थें । जयपुर फिर्ता भएपछि मैले उनलाई भेट्न पाइनँ । मैले उनलाई कहिले फोन गरिनँ । कुनै झगडा भएको थिएन तर केही यस्तो भयो जसमा म निकै दुःखी थिएँ । हामी यत्तिकै छुट्टियौं । म जयपुर गएपछि उनले कहिले पनि मलाई सम्पर्क गरेनन् त्यो मेरो लागि ठूलो दुःखको कुरा थियो । म निकै शान्त र एक्लै बस्न थालेकी थिएँ । मेरो जीवनमा के चलिरहेको थियो, त्यो मेरो परिवारलाई थाहा थिएन । मेरी दिदी कादम्बरीलाई मात्र राजेश खन्नासँगको मेरो सम्बन्धबारे जानकारी थियो । मैले कहिले विवाह गरिनँ । त्यो मेरो लागि नराम्रो समय थियो ।’
अनिताले थपिन्, ‘आफ्नो जीवनमा उनी एक राजाको रुपमा बाँचे र त्यसरी नै उनको मृत्यु पनि भयो । उनको मुस्कान, मानिसहरुसँग कुरा गर्ने तरिका निकै भिन्न हुने गर्दथ्यो । जसले उनलाई मन पराउँथे, उनीहरुसँग निकै नजिक हुन्थे र आफन्तहरु सधैं उनीसँग होउन् भन्ने चाहना राख्थे । उनी मलाई सधैं भन्दथे, ‘म तिमीबिना भताभुंग हुन्छु, यदि तिमी मेरो जीवनमा नआएको भए मेरो जीवन नै भताभुंग हुन्थ्यो ।’ उनी भन्थे उनलाई रक्सीको होइन जीवनको नशा छ र जीवन बाँच्नकै लागि उनी रक्सी पिउँछन् । उनी आफू होसमा आउनका लागि पिउने गरेको बताउँथे ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शहिद गंगालाल राष्ट्रिय हृदय केन्द्र र कोरियाली टोलीको सहकार्य : ७ बालबालिकाको मुटुको जटिल शल्यक्रिया
-
डा.गोविन्द केसीको माग सम्बोधन गर्न सरकारी वार्ता टोली धनगढी पठाइने
-
डा.गोविन्द केसीको उपचारमा कन्जुस्याइँ नगर्न स्वास्थ्य मन्त्रीको निर्देशन
-
एक वर्षमा ५ अर्बको मदिरा भित्रियो
-
सरकारको मिडिया नीतिको विरोध गर्दै पत्रकार महासंघद्वारा माइतीघरमा प्रदर्शन
-
कारागारबाट फरार एक जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण