कंगना रनौतको टाउकोमा लाग्यो तरबारः अस्पतालमा भर्ना, आइसियूमा
अभिनेत्री कंगना रनौत आफ्नो नयाँ फिल्म ‘मणिकर्णिका–द क्विन अफ झाँसी’ को सुटिङको क्रममा घाइते भएकी छिन् । सुटिङको क्रममा कंगनाको टाउकोमा तरबारको चोट लाग्यो । कंगनालाई अस्पतालमा भर्ना गरिएको बताइएको छ ।
दुर्घटना हैदराबादमाः
उक्त दुर्घटना हैदराबादमा भएको छ जहाँ अहिले फिल्मका् सुटिङ चलिरहेको छ ।
टाउकोमा १५ टाँकाः
मिड डे को रिपोर्ट अनुसार कंगनाको टाउकोमा चोट लागेको छ र उनलाई एपोलो अस्पतालको आइसियूमा राखिएको छ । उनको टाउकोमा १५ टाँका लगाइएको छ र केही दिनमा लागि डाक्टरको निगरानीमा अस्पतालमा नै राखिने बताइएको ।
को–स्टार निहार पाण्ड्यासँग सुटिङः
खबरका अनुसार कंगना आफ्ना को–स्टार निहार पाण्ड्यासँग सुटिङ गरिरहेकी थिइन् । त्यो एक एक्सन सिन थियो जसमा दुबै तरबार चलाइरहेका थिए । सुटिङकै क्रममा तरबार गल्तीपूर्वक कंगनाको टाउकोमा लाग्यो र उनको टाउकोबाट रगत बग्न थाल्यो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णाली प्रदेशसभा बैठक सुरु
-
एउटा अभूतपूर्व ऐक्यबद्धताः जसले भारतीय युवा आन्दोलनलाई जीवन्त बनाइरहेको छ
-
शहिद गंगालाल राष्ट्रिय हृदय केन्द्र र कोरियाली टोलीको सहकार्य : ७ बालबालिकाको मुटुको जटिल शल्यक्रिया
-
डा.गोविन्द केसीको माग सम्बोधन गर्न सरकारी वार्ता टोली धनगढी पठाइने
-
डा.गोविन्द केसीको उपचारमा कन्जुस्याइँ नगर्न स्वास्थ्य मन्त्रीको निर्देशन
-
एक वर्षमा ५ अर्बको मदिरा भित्रियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण