‘योगमाया’ बोकेर हिँडे मुख्यमन्त्री पोखरेल
बुटवल– मंगलवार बिहान एउटा कार्यक्रम सकेर प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल हतारहतार गाडीमा चढ्दै थिए । त्यहिबेला उनको आँखा जुध्यो –योगमायासँग । गाडीमा चढेका पोखरेल पुन ओर्लिएर नजिकैको पुस्तक पसलतर्फ पाइला सारे । पसल नजिकै गएर योगमायाबारे सोधपुछ गरे ।
सोधपुछपछि खल्तीबाट केही रुपैयाँ झिकेर ‘योगमाया’ पुस्तक मगाए । पसलेले पुस्तक मुख्यमन्त्रीको हातमा थमाइदिए ।
आफ्नो हातमा पुस्तक परेपछि पोखरेलले एकछिन आवरण हेर्दै सुम्सुम्याए, अनि लागे गाडीतर्फ । निलम कार्कीले प्रकाशित गरेको उक्त पुस्तक यसबर्ष मदन पुरस्कार प्राप्त गर्ने पुस्तक हो । पुस्तकप्रेमी मुख्यमन्त्रीलाई उक्त पुस्तक किन्ने संयोग मिलाएको थियो रातोपाटी अनलाईनले ।
रातोपाटीले बुटवलमा मंगलबार संविधान दिवसको अवसर पारेर ५ नम्वर प्रदेश कार्यालय स्थापना गरेको छ । त्यसै कार्यक्रमको उद्घाटन गर्न मुख्यमन्त्री पोखरेल आएका थिए । कार्यक्रम सकेर फर्किने क्रममा ‘योगमाया’संँग मुख्यमन्त्री पोखरेलको आँखा जुधेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अन्य महत्त्वपूर्ण समुद्री मार्ग पनि बन्द गर्ने इरानको चेतावनी
-
बागमतीमा कांग्रेस–एमाले सत्ता गठबन्धनभित्र उकसमुकुस, के होला सरकार ?
-
एमालेले फिर्ता लियो सुदूरपश्चिम सरकारलाई दिएको समर्थन
-
टी–२० विश्वकप २०२८ः नेपाल सीधै ग्लोबल क्वालिफायरमा, यस्तो छ नयाँ छनोट प्रक्रिया
-
ओलीले भेट्न नचाहेपछि बिच्कियो कांग्रेस, प्रदेशमा एमालेसँगको सहकार्य तोड्ने
-
अमेरिका भ्रमणमा जाँदै इजरायली प्रधानमन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण