अर्थमन्त्रीको बुटवल यात्राः पाँचबर्ष पछि आउँदा पनि सडकको हविगत उस्तै
बुटवल– बुटवलको एक कार्यक्रममा आईपुगेका अर्थमन्त्री युवराज खतिवडाले सोमवार सर्वसाधरणले झैं सडकको हविगत बारे गुनासो पोखे । बुटवल उद्योग बाणिज्य संघको ६५ औं साधारणसभालाई सम्बोधन गर्दै उनले भने– ‘म पाँच बर्षअघि आउँदा पनि बुटवल–बेलिहिया सडकमा धुलो उडेको थियो, अहिले आउँदा पनि उस्तै देखे ।’
मन्त्रीलेनै त्यस्तो देखेपछि सर्वसाधरण र स्थानीय राजनीतिक दलले मन्त्रीसँग सडकको हविगतबारे निवेदन गरिरहनुपरेन । त्यसो त मन्त्रीले २० बर्षअघि पाल्पा तानसेन सडकको यात्रा गरेको भए अहिले पनि उस्तै होईन, त्यो भन्दा बेहाल देख्नुहुनेछ ।
सिद्धार्थ राजमार्ग अन्तर्गत शिद्धबाबाको पहिरो र बेलाबेलामा खस्ने पहिरोले कत्तिको ज्यान लिईसक्यो लेखाजोखा छैन । अस्थाई राजधानी बुटवलका भित्री सडकहरु हेर्ने हो भने अन्य पहाडी जिल्लाका सडकको अवस्थाभन्दा पनि बेहाल छ । गत वर्षनै सम्पन्न गरी बुझाउनु पर्ने रिडीको तिनमुखे पुल चार बर्षअघि उद्घाटन गर्दा पारेको खाल्डोमा केही डन्डी र सिमेन्ट भर्नुबाहेक केही काम हुन सकेको छैन ।
अर्थमन्त्री खतिवडाले विकासका ठुला योजनाहरुमा ठेकेदारको ढिलासुस्ती र लापर्वाहीले समस्या आएको बिषय पनि सम्वोधनका क्रममा उठाए । करोडौंको योजना अलपत्र पारेर न स्थानीयको न सम्बन्धित निकायको सम्पर्कमा आउने नचाहाने ठेकेदारहरुलाई कार्बाही किन हुँदैन ?
मन्त्री खतिवडा बोल्दै गर्दा जो कोही सरोकारवालाले मनमनै यस्तो प्रतिप्रश्न नगर्ने कुरै भएन । झण्डै डेढ दशकअघि गुल्मीको वस्तु शव स्टेशन भवन र आवासहगृह निर्माण गर्ने जिम्मा पाएका ठेकेदारहरुलाई उक्त योजना अलपत्र पारेर सम्पर्कमा नआएपछि अहिलेसम्म किन खोजिदैन ? कसको छत्रछायाँमा छन् उनीहरु ?
आवासगृह निर्माणको जिम्मा पाएको एउटा ठेकेदारले ढलान गरेको तलामा सम्पन्न नहुँदै बगरमा बालुवा उठाएझै अहिले टालटुल पारिँदै छ । गाह्रो चर्केको छ । झ्याल ढोकाले ठाउँ छाडेका छन् । यी त प्रतिनिधि विषय उठान मात्र हुन् । जिल्लामा यस्ता थुप्रै योजना अलपत्र छन्, त्यसतर्फ पनि केन्द्र र प्रदेश सरकारको ध्यान जान जरुरी रहेको सरोकारवाला र स्थानीय जनताको माग छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अन्य महत्त्वपूर्ण समुद्री मार्ग पनि बन्द गर्ने इरानको चेतावनी
-
बागमतीमा कांग्रेस–एमाले सत्ता गठबन्धनभित्र उकसमुकुस, के होला सरकार ?
-
एमालेले फिर्ता लियो सुदूरपश्चिम सरकारलाई दिएको समर्थन
-
टी–२० विश्वकप २०२८ः नेपाल सीधै ग्लोबल क्वालिफायरमा, यस्तो छ नयाँ छनोट प्रक्रिया
-
ओलीले भेट्न नचाहेपछि बिच्कियो कांग्रेस, प्रदेशमा एमालेसँगको सहकार्य तोड्ने
-
अमेरिका भ्रमणमा जाँदै इजरायली प्रधानमन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण