पूर्वी रुकुम र पूर्वी नवलपरासी कारागारविहीन : प्रहरीलाई सास्ती
बुटवल– दुईवटा कान्छा जिल्ला कारागारविहीन हुँदा प्रहरीलाई अभिुयुक्तको व्यवस्थापन गर्न सकस हुने गरेको छ । हालको पूर्वी रुकुम र पूर्वी नवलपरासी जिल्लामा कारागार नभएपछि प्रहरीले यस्तो सास्ती खेप्नु परेको हो ।
‘कावासोती सदरमुकाम रहेको पूर्वी नवलपरासीमा कारागार नहुँदा चितवन पठाउने गरेका छौं’, जिल्ला प्रहरी कार्यालय प्रमुख एसपी रमेश थापाले भने, ‘समस्या छ, १६ बर्ष कम उमेरका अभियुक्तलाई पोखरा लैजानुपर्छ ।’
प्रमुख जिल्लाअधिकारी दिपक नेपालले कारागार निर्माण गर्न जग्गाको खोज्ने काम भइरहेको बताए । ‘कारागार नहुँदा समस्या परेको छ । ब्यक्तिका घर खोजेर राख्ने कि भन्ने विषयमा पनि छलफल भयो, तर उपयुक्त नहुने देखेर त्यसो गरिएन ।’ जिल्लामा आवश्यक कार्यालय र भौतिक पुर्वधारका लागि केन्द्र सरकारले नै चासो देखाउनुपर्ने प्रजिअ नेपालको भनाई छ ।
पूर्वी रुकुमका प्रमुख जिल्ला अधिकारी नेत्रलाल शर्माले पनि कारागारसहित जिल्लाका अन्य भौतिक संरचना अभाव भएको भन्दै यस्ता बिषय रातोपाटीले उठाए सहयोग पुग्ने अपेक्षा गरे ।
‘गाडीमा दुई घण्टाको बाटो हिँडाएर थुना वा कैद फैसला भएकाहरुलाई पश्चिम रुकुमको सदरमुकाम मुसिकोट लैजानुपर्छ । वर्षा याममा पहिरोले बाटो नै अबरुद्ध हुन्छ । अहिले सदरमुकामको विवाद पनि छ । कारागार राख्नेबारे त सोच्न पनि सकेका छैनौं’ प्रजिअ शर्माले गुनासो गरे ।
शर्माका अनुसार पूर्वी रुकुममा सदरमुकामको टुङ्गो लागेको छैन भने कारागार महिला तथा वालवालिका कार्यालय, जिल्ला प्राविधिक कार्यालय, खानेपानी तथा सरसफाई डिभिजन कार्यालय र सिंचाई डिभिजन कार्यालय छैनन् ।
नगरपालिकाविहीन रुकुम
प्रदेश ५ मै नगरपालिका विहिन एक मात्र जिल्ला हो पुर्वी रुकुम । सांसद तथा ५ नम्वर प्रदेश सभाका बिशेष अधिकार समिति सभापति कमलराज श्रेष्ठका अनुसार करिब ५६ हजार जनसंख्या भएको पुर्वी रुकुम जिल्ला पछिल्लो समय हिमाली जिल्लाका रुपमा राजपत्रमा सुचिकृत छ । साबिकको रुकुम जिल्लाको सबै भन्दा बिकट क्षेत्र भनेर चिनिने यस जिल्लामा तीनवटा गाउँपालिका छन् । यो जिल्लामा पुथा उत्तरगंगा, भुमे र सिस्ने गाउँपालिका मात्रै छन् ।
सुरुको सदरमुकाम थियो रुकुमकोट
जिल्ला समन्वय समितिका प्रमुख गजेन्द्रबहादुर ओलीका हिजोको सिंङ्गो रुकुमको ऐतिहासिक थलो हो रुकुमकोट । जहाँ साविक रुकूमको पहिलो सदरमुकाम थियो । पछि तत्कालिन राजा विरेन्द्रले पाँच विकास क्षेत्रमा विभाजन गर्दा तत्कालिन अञ्चलाधीशको आदेशमा सदरमुकाम बसेको १२ वर्षपछि मुसिकोट कोटमा सदरमुकाम सारिएको थियो ।
ओली भन्छन् ‘रुकुमकोट ऐतिहासिक थलो मात्रै नभएर भौतिक संरचनाका दृष्टिले पनि सदरमुकामका लागि उपयुक्त स्थान हो । जनसंख्याका हिसावले त झन् अपरिहार्य छ, जहाँ रुकुमकोटलाई दुई गाउँपालिकाले छुन्छ ।’
पाँच जिल्लाको सुन्दर संगमस्थल
जिल्ला समन्वय अधिकारी आनन्द केशरी पोखरेलका अनुसार पुर्वी रुकुम हिमश्रृङ्खला र सुन्दर पहाड रहेको धार्मिक र ऐतिहासिक जिल्ला हो । पूर्वमा बाग्लुङ्ग र म्याग्दीको सिमाना छ भने उत्तरमा डोल्पा, पश्चिम र उत्तरमा पश्चिम रुकुम तथा रोल्पा पर्दछ । पूर्वी रुकुम साविकको १६ गाविसले बनेको छ । कुल क्षेत्रफल १ हजार १ सय ६१।१३ रहेको यो जिल्ला विकासको हिसावमा भने पछाडि परेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अन्य महत्त्वपूर्ण समुद्री मार्ग पनि बन्द गर्ने इरानको चेतावनी
-
बागमतीमा कांग्रेस–एमाले सत्ता गठबन्धनभित्र उकसमुकुस, के होला सरकार ?
-
एमालेले फिर्ता लियो सुदूरपश्चिम सरकारलाई दिएको समर्थन
-
टी–२० विश्वकप २०२८ः नेपाल सीधै ग्लोबल क्वालिफायरमा, यस्तो छ नयाँ छनोट प्रक्रिया
-
ओलीले भेट्न नचाहेपछि बिच्कियो कांग्रेस, प्रदेशमा एमालेसँगको सहकार्य तोड्ने
-
अमेरिका भ्रमणमा जाँदै इजरायली प्रधानमन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण