निर्घात कुटेर श्रीमानले लिए श्रीमतीको ज्यान
बुटवल– बाँके जिल्लामा मदिराको उन्मादमा श्रीमानले निर्घात कुटेर श्रीमतीको ज्यान लिएका छन् । सोमबार राती सवा १२ बजेको समयमा जानकी गाउँपालिका–६ बस्ने ३५ वर्षीय प्रेम गिरीले २९ वर्षीया श्रीमती जानकी गिरीलाई कुटोले टाउकोमा प्रहार गरी ज्यान लिएका हुन ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख एसपी अरुण पौड्यालका अनुसार गम्भीर घाईते जानकीलाई नेपालगञ्ज नर्सिङ्ग अस्पतालमा उपचार्थ भर्ना गरिएकोमा आज बिहान ज्यान गएको हो । श्रीमती कुटेर फरार गिरी फेला परेका छैनन् । त्यसरात श्रीमतीलाई कुटोले निर्घात कुटेर फरार रहेका गिरीको खोजी भैरहेकोे एसपी पौड्यालले जानकारी दिए ।
अन्दाजी ५ फिट ८ ईन्च अग्ला, गहुँ गोरो र मोटो–घाटो शरीर भएका उनलाई देख्नु हुने जो कोहीले बाँके जिल्ला प्रहरी कार्यालय वा नजिकको प्रहरी चौकीमा गोप्य रुपमा सुचना दिन समेत प्रहरी प्रमुख पौड्यालले आग्रह गरेका छन् । उनी भारततर्फ छिरेको हुनसक्ने आशंका प्रहरीले गरेको छ ।
कोहोलपुर क्षेत्रमा बसोबास गर्ने उनी स्थायीबासी हुन वा डेरा गरी बसेका हुन् यसबारे अनुसन्धान भई रहेको समेत एसपी पौड्यालले बताए । उनका दुई सन्तान समेत रहेका छन् । बाबु फरार र आमाको मृत्यु भएपछि बालबालिकाको बिचल्ली भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अन्य महत्त्वपूर्ण समुद्री मार्ग पनि बन्द गर्ने इरानको चेतावनी
-
बागमतीमा कांग्रेस–एमाले सत्ता गठबन्धनभित्र उकसमुकुस, के होला सरकार ?
-
एमालेले फिर्ता लियो सुदूरपश्चिम सरकारलाई दिएको समर्थन
-
टी–२० विश्वकप २०२८ः नेपाल सीधै ग्लोबल क्वालिफायरमा, यस्तो छ नयाँ छनोट प्रक्रिया
-
ओलीले भेट्न नचाहेपछि बिच्कियो कांग्रेस, प्रदेशमा एमालेसँगको सहकार्य तोड्ने
-
अमेरिका भ्रमणमा जाँदै इजरायली प्रधानमन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण