सन्नी लियोन बनिन् आमाः यसबाट शाहरुख–आमिरले पाठ सिक्नुपर्ने
सन्नी लियोनको परिवारमा वृद्धि भएको छ । करिब एक हप्ता अघि उनको परिवारले एक छोरीलाई भित्र्याएको छ । सन्नी आमा बनेकी छिन् ।
वास्तवमा सन्नी लियोनले एक छोरीलाई धर्मपुत्री बनाएकी छिन् । उनको आधिकारिक नाम निशा कौर बिबर हो । उनी महाराष्ट्रको बताइएको छ ।
‘हामीले प्रत्येक बच्चालाई जोगाउन सक्दैनौं होला तर यी सानी नानीका लागि केही गर्ने सोच बनाएका छौं । आश्रमले उनलाई सकेजति सहयोग गरेपनि उनी अझै पनि कम तौलकी छिन् र अत्यधिक माया र स्याहार सुसारको खाँचोमा छिन् । र हामी यसका लागि तयार छौं । यसका लागि हामीलाई थुप्रै मानिसले सहयोग पनि गर्नेछन्,’ उनले भने ।
आमा बन्ने विषयमा सन्नीले केही दिन अघिमात्र आफ्नो मनको कुरा भनेकी थिइन् । सन्नीलाई परिवारबारे कहिले निर्णय गर्ने भन्ने प्रश्न सोध्दा उनले आफूलाई सन्तान मनपर्ने तर गर्भावस्थासँग निकै डर लाग्ने बताइन् । उनले भनेकी थिइन्, ‘यद्यपी, गर्भवती हुने बारे म अहिले नै सोच्न सक्दिनँ किनभने मसँग धेरै काम छ । ’
आफ्नो बच्चासँगको सम्बन्धबारे सन्नीले बताएकी थिइन्, ‘मेरो बच्चाहरुसँग निकै राम्रो कनेक्सन हुने गर्दछ । वास्तवमा हाम्रो सम्बन्ध हृदयमा नै गाँसिएको हुन्छ लगभग पागल जस्तै । एक पटक त एउटा बच्चा आफ्नै आमासँग जान नमानी मसँगै बस्न चाहन्थिन्... त्यतिबेला स्थिती निकै अचम्मको बनेको थियो । मलाई बच्चाहरु निकै मनपर्छ । भाग्यमानी भए एकदिन मेरो काखमा पनि सन्तान हुनेछ र त्यो दिन म भगवानलाई मनबाटै धन्यवाद भन्नेछु ।’
निशा कौर वेबर करिब एक हप्तादेखि आफ्ना नयाँ अभिभावकसँगै बसिरहेका छन् र सन्नीले ती बालिकालाई वर्षौंदेखि चिनिरहेको जस्तो अनुभव भइरहेको बताइन् ।
शाहरुख–आमिरले पनि यस्तै सोचेका भएः
स्मरण रहोस्, शाहरुख खानका छोरा अबराम र आमिर र खानका छोरा आजाद सरोगेसीमार्फत भएको हो । करण जोहर र तुषार कपूर पनि सरोगेसीमार्फत एक्ला पिता बनेका छन् । कृष्णा अभिषेक यो सूचीमा भर्खरै जोडिएका छन् । यी सेलिब्रिटीले पनि सन्नी लियोनजस्तै बच्चालाई धर्मपुत्र÷पुत्रीको रुपमा पालेर उनीहरुको जीवनलाई सजाउन सक्ने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णाली प्रदेशसभा बैठक सुरु
-
एउटा अभूतपूर्व ऐक्यबद्धताः जसले भारतीय युवा आन्दोलनलाई जीवन्त बनाइरहेको छ
-
शहिद गंगालाल राष्ट्रिय हृदय केन्द्र र कोरियाली टोलीको सहकार्य : ७ बालबालिकाको मुटुको जटिल शल्यक्रिया
-
डा.गोविन्द केसीको माग सम्बोधन गर्न सरकारी वार्ता टोली धनगढी पठाइने
-
डा.गोविन्द केसीको उपचारमा कन्जुस्याइँ नगर्न स्वास्थ्य मन्त्रीको निर्देशन
-
एक वर्षमा ५ अर्बको मदिरा भित्रियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण