सन्नी लियोनले छोरीबारे यसो भनिन्, सुनेर तपाईं पनि दङ्ग हुनुहुनेछ
सन्नी लियोनको परिवार बढेको छ । उनी र उनको श्रीमानको जीवनमा एक बालिकाको आगमन भएको छ । सन्नी आमा बनेकी छिन् । सन्नीले महाराष्ट्रको लातूरकी बालिकालाई धर्मपुत्री बनाएकी छिन् जसको नाम राखिएको छ – निशा कौर वेबर ।
केही दिन अघिको एक कार्यक्रममा सन्नीलाई मातृत्वबारे प्रश्न सोधियो । यसबारे जवाफ दिँदै सन्नीले आमा बनेकोमा आफू निकै खुसी भएको बताइन् । उनले भनिन्, ‘मातृत्वको आभाषबारे म शब्दमा वर्णन गर्न सक्दिनँ । जब मलाई मेरी छोरीले हेर्छिन् तब म पग्लिन्छु । उनको एक मुस्कान देखेर मेरो सबै प्रेम उनलाई नै समर्पित गर्छु । म एक पूर्ण परिवार पाएकोमा खुसी छु ।’
केहि समय अघि उनको बच्चासँगको सम्बन्ध निकै राम्रो हुने गरेको पनि बताएकी थिइन् ।
स्मरण रहोस्, शाहरुख खानका छोरा अबराम र आमिर खानका छोरा आजाद सरोगेसीमार्फत जन्मिएका हुन् । करण जोहर र तुषार कपूर पनि सरोगेरसीको मद्दतले बुवा बनेका छन् । बलिउडमा यस्तो ट्रेड चलिरहेका बेला सन्नी र ड्यानियलले भने एक आश्रमबाट एक बालिकालाई सन्तानको रुपमा स्विकारेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णाली प्रदेशसभा बैठक सुरु
-
एउटा अभूतपूर्व ऐक्यबद्धताः जसले भारतीय युवा आन्दोलनलाई जीवन्त बनाइरहेको छ
-
शहिद गंगालाल राष्ट्रिय हृदय केन्द्र र कोरियाली टोलीको सहकार्य : ७ बालबालिकाको मुटुको जटिल शल्यक्रिया
-
डा.गोविन्द केसीको माग सम्बोधन गर्न सरकारी वार्ता टोली धनगढी पठाइने
-
डा.गोविन्द केसीको उपचारमा कन्जुस्याइँ नगर्न स्वास्थ्य मन्त्रीको निर्देशन
-
एक वर्षमा ५ अर्बको मदिरा भित्रियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण