प्रधानमन्त्री ओलीको स्वास्थ्य पूर्ण सुधार, डिस्चार्जबारे निर्णय लिइँदै
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा पूर्ण सुधार आएको छ ।
त्रिवि शिक्षण अस्पतालस्थिति मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरका कार्यकारी निर्देशक प्राध्यापक डा. उत्तमकृष्ण श्रेष्ठका अनुसार प्रधानमन्त्रीको पछिल्ला स्वास्थ्य रिपोर्टहरु सामान्य रहेका छन् ।
अस्पतालका अनुसार प्रधानमन्त्रीको स्वास्थ्य अवस्था पनि १२ गते अघिको अवस्थामा पुगेको छ ।
कार्यकारी निर्देशक श्रेष्ठले प्रधानमन्त्री ओलीलाई सम्भवत आजै डिस्चार्ज गरेर बालुवाटार पठाइनेछ ।
त्यसका लागि चिकित्सकहरुको केहीबेरमा बस्ने मिटिङले निर्णय गर्नेछ ।

यसैबीच प्रधानमन्त्री केपी ओलीको स्वास्थ्य अवस्था बुझ्न पूर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आज केहीबेरअघि त्रिवि शिक्षण अस्पताल पुगेका छन् ।
त्यसअघि पर्यटन मन्त्री र रवीन्द्र अधिकारी र प्रदेश ३ का मुख्यमन्त्री डोरमणी पौडेलले प्रधानमन्त्रीलाई भेटेर स्वास्थ्य अवस्था बुझेका छन् ।
प्रधानमन्त्री ओलीको छातीमा संक्रमण तथा सुगर बढेपछि गत कार्तिक १२ गते बिहान त्रिबि शिक्षण अस्पतालको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा लागि भर्ना गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कृषि विश्वविद्यालय विदेशी विद्यार्थी भर्ना लिने तयारीमा
-
कांग्रेस जोगाउन स्थानीय जनप्रतिनिधिकाे हस्तक्षेप, राष्ट्रिय भेला बोलाइयो
-
सडकमा प्रहरीको लाठी, सामाजिक सञ्जालमा मिम : युवा-विद्रोहको बदलिँदो रूप
-
तीन महिनामा ७ हजार फरार प्रतिवादी पक्राउ
-
मे महिनायता पहिलोपटक तेलको मूल्य प्रतिब्यारल १०० डलर पुग्यो
-
वीर अस्पतालमा गुनासो सुन्ने अधिकारी मात्रै ११ जना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण