पिएचडी गरिरहेका श्रीमानले भने, ‘श्रीमतीको जिब्रो कैंचीजस्तो तिखो चल्थ्यो त्यसैले काटिदिएँ’
भनिन्छ, शिक्षाले मानिसलाई सही बाटो देखाउँछ । तर भारतको रुडकीमा पिएचडी गरिरहेको एक व्यक्तिमा भने यो कुरा लागु हुँदैन ।
उत्तर प्रदेशको कानपुरका आकाश नाम गरेका एक व्यक्तिले आफ्नी श्रीमतीको जिब्रो काटिदिएका छन् । अचम्मको कुरा त के छ भने पीडितका पिता पुलिसका थानेदार हुन् तर उनी आफ्नी छोरीलाई न्याय दिलाउन दौडधुप गरिरहेका छन् ।
आरोपीले श्रीमतीको जिब्रो काटिदिनुमा अचम्मको कारण बताए । उनका अनुसार श्रीमतीको जिब्रो कैंचीजस्तो तिखो चल्थ्यो त्यसकारण आफूले उनको जिब्रो नै काटिदिएको बताए । अहिले आरोपी पुलिसको पकडमा छन् ।
छोरीलाई न्याय दिलाउनका लागि थानाको चक्कर लगाइरहेका पीडितका पिता रामकिशोर शंखवारले एसएसपीसँग पनि भेटघाट गरेका छन् । उनका अनुसार अनुसार उनले छोरी वन्दनाको विवाह आकाशसँग सन् २०१७ को नोभेम्बर २८ तारिखमा गराइदिएका थिए । उनले विवाहमा करिब १२ लाख भारु खर्च गरेको उनले बताए ।
विवाहपछि आकाशले उनलाई दाइजोका लागि प्रताडित गर्ने गरेको पीडितले आरोप लगाइन् । गत सेप्टेम्बर १२ मा पनि श्रीमानले आफूलाई अत्यधिक कुटेको जसका कारण उनको टाउको फुटेको जानकारी दिइन् ।
पीडित भन्छिन्, ‘नोभेम्बर ६ तारिखमा दीपावलीको एक दिनअघि आकाशले मलाई जबर्जस्ती नशालु पदार्थ खुवाएर मेरो जिब्रो काटिदिए ।’
त्यसपछि पीडितले छिमेकीको मद्दतले आफ्नो घरमा सम्पर्क गरेको र सबै कुराको जानकारी दिएको बताइन् । मेडिकल रिपोर्ट आएपछि त्यसको आधारमा आरोपीविरुद्ध मुद्दा दर्ता गरिने पुलिसले जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अदालतले तोकेका समयसीमाभित्र फैसला कार्यान्वयन हुन्छ : मन्त्री गौतम
-
अधिकार सुनिश्चित गर्न नीतिगत सुधार आवश्यक : सभापति बास्कोटा
-
पहिलो खेलपछि सबै विश्वकप टोलीहरूको वरीयता
-
‘परम्परागत गृह प्रशासनलाई डिजिटल रुपान्तरण गर्ने बजेटको लक्ष्य’
-
विपद् व्यवस्थापनसम्बन्धी सन्देशसहित कार्टुन प्रदर्शनी
-
विश्वकपमा केही खेलाडीको जर्सीमा देखिने विशेष प्याच के हुन् ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण