१८ वर्ष कान्छीसँग राहुलको तेस्रो विवाहबारे पूर्वपत्नी डिम्पीको यस्तो बयान
४३ वर्षका राहुल महाजनले आफूभन्दा १८ वर्ष कान्छी मोडल नाताल्या लिनासँग तेस्रो विवाह गरेका छन् । कजाकिस्तानमा बस्ने नताल्या २५ वर्षकी हुन् । उनको तेस्रो विवाहमा उनकी दोस्री पूर्वपत्नी डिम्पी गांगुलीको प्रतिक्रिया सार्वजनिक भएको छ ।
एक अन्तर्वार्ताको क्रममा जब डिम्पीलाई राहुलले तेस्रो विवाह गरे भनेर जानकारी दिइयो तब सबैभन्दा पहिला उनी अचम्मित भइन् र हाँसिन् ।
यद्यपी, पछि उनीले सिरियस भएर भनिन्, ‘मलाई यो कुराले खुसी छ । आशा गर्छु कि यसपटक उनको चारैतर्फ खुसी हुनेछ, जस्तै मैले पाइरहेकी छु । नवविवाहित जोडीलाई धेरैभन्दा धेरै शुभकामना ।’
डिम्पीलाई विश्वास गर्ने हो भने राहुलसँग अब उनको कुनै मनमुटाव छैन । उनी राहुललाई आशावादी बताउँदै भन्छिन्, ‘मलाई थाहा छ कि विवाह टुट्दा मानिसमाथि कस्तो प्रभाव पर्छ । त्यसमाथि उहाँको (राहुल) त दुईपटक टुट्यो । यति हुँदा हुँदै पनि उहाँ यसमा विश्वास राख्नुहुन्छ जसले बताउँछ कि उहाँ साँच्चै नै आशावादी हुनुहुन्छ ।’
डिम्पीले आशा जगाउँदै थपिन्, ‘हुनसक्छ कि उनी (राहुलकी नयाँ श्रीमती) सँग यस्तो (महिला हिंसा) नहोस् । मानिसहरु परिवर्तन पनि हुनसक्छन् । दुबैलाई मेरो यही कामना छ कि उनीहरुबीच यस्तो केही नहोस् । किनभने यो निकै नराम्रो कुरा हो ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राज्य र पत्रकारिता एक अर्काका प्रतिद्वन्द्वी होइनन्, परिपूरक हुन् : कार्यवाहक राजदूत पौडेल
-
पछिल्लो वर्ष नेपालमा पर्यटक आगमन १२ लाखभन्दा बढी, २५ प्रतिशत भारतबाट
-
नेपालको समृद्धिका लागि एनआरएनए र पत्रकारबिच बलियो सहकार्य आवश्यक : रोविन शेरचन
-
सांसदहरूलाई स्वकीय सचिव नियुक्ति गर्ने निर्णयका विरुद्ध प्रदर्शन (तस्बिरहरू)
-
हरिशयनी एकादशी : नारायण मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो
-
हरियो साउनको गहिरो आस्था
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण