फिल्म ‘शान्ति’ को प्रदर्शन मिति फिक्स
काठमाडौं – सामाजिक पारिवारिक कथाबस्तु रहेको फिल्म ‘शान्ति’ शुक्रबारबाट रिलिज हुने भएको छ । फिल्म युनिटले मंगलबार राजधानीमा एक कार्यक्रम गर्दै चलचित्र शुक्रबारबाट रिलिज गर्न लागेको जानकारी दिए ।
शुक्रबार कुनै पनि फिल्म नभएकोले ‘शान्ति’ प्रदर्शनमा ल्याउन लागेको लेखन तथा निर्देशक दिनेश लिङ्देनले बताए ।
फाल्गुनन्द लिङ्देन फिल्मस्को व्यानरमा निर्माण भएको फिल्मले वैदेशिक रोजगारमा रहेका नेपालीहरुको यथार्थता, नारीको संवेदनशिलता जस्ता विषयलाई समेटेको छ ।
कार्यक्रममा नवनायिका सुप्रिया श्रेष्ठले फिल्मको कथावस्तुले आफूलाई लोभ्याएको बताइन् । संगीतकार विकास चौधरीले आफूले पहिलोपटक फिल्मी पाश्र्वगायन ‘शान्ति’बाट शुरु गरेको खुलाए । यो फिल्मका दुई गीतमा विकासकै स्वर छ ।
फिल्ममा सुशिल क्षेत्री, निशा पोमु, सुप्रिया श्रेष्ठ, सन्जिब थेबे, सुदिता लिङदेन, बालदिप राई, शर्मिला शर्मा, खुस्बु चेम्जोङ, अजय खडका, प्रदिप योङहाङ, महेन्द्रकुमार राई, सुमित्रा अधिकारीको अभिनय छ ।
कविता राई लिङ्देन प्रस्तुतकर्ता, बसन्त थेबे कार्यकारी निर्माता र शान्ता बखिम थेवे निर्माता रहेको फिल्ममा विकास चौधरीको संगीत, जनक कार्कीको नृत्य, राजु किराँतीको द्वन्द्व, रोशन वान्तवा राईको पाश्र्व संगीत, ज्ञानु राईको छायांकन र मेगबहादुर मगरको सम्पादन छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमबाप्पेको कीर्तिमानसँगै फ्रान्सद्वारा सेनेगल ३-१ ले पराजित
-
राशिअनुसार हेर्नुहोस् आजको आफ्नो भाग्यफल
-
सडक लिजमा मागिरहन्थ्यो निजी क्षेत्र, गण्डकी सरकारले अघि सार्यो प्रदेश द्रुत लोकमार्गको योजना
-
१२ बजे १२ समाचार : दुई मन्त्रीद्वारा सभामुखको ‘अपमान’देखि प्रमाण लुकाउन कागजात नै गायबसम्म
-
पोल्यान्डको सुप्रन्यासनलमा नेपालको प्रतिनिधित्व पूर्णिमा र मृदुलले गर्ने
-
सुर्खेत प्रहरीको हिरासतमा रहेका थुनुवाको मृत्युबारे छानबिन गर्न समिति गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण